कपिलवस्तुमा स्कुल बसको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु

कपिलवस्तुमा स्कुल बसको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु

(कपिलवस्तु), जेठ २० गते । जिल्लाको यशोधरा गाँउपालिका–८ शिहोखोरमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । महाराजगन्ज तर्फ जाँदै गरेको जामिया अहले सुन्नत नजिया स्कुलको बसको ठक्करबाट बिहान सवा ८ बजे तीन वर्षीया बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा शिवरतन बराइकी तीन वर्षीय छोरी प्रतिमा बरई रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टले बताउनुभयो । दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाको कपिलवस्तु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उहाँको भनाइ छ । बस प्रहरी नियन्त्रणमा छ र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
वाइसिएलको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन

वाइसिएलको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको छ । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभामहलमा आयोजित सम्मेलन प्रचण्डले उद्घाटन गर्नुभएको हो ।
पूर्व–पश्‍चिम राजमार्गमा दुर्घटना : आठ जना घाइते

पूर्व–पश्‍चिम राजमार्गमा दुर्घटना : आठ जना घाइते

नवलपुर, जेठ १८ — पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैँडाकोट र देवचुली क्षेत्रमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जना घाइते भएका छन्। गैँडाकोट–८ विजयचोकमा दाङबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ५०५० नम्बरको माइक्रोबस दुर्घटना हुँदा सात जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार घाइतेमध्ये पाँच जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। उक्त अस्पतालमा उपचाररत घाइतेहरूमा गोर्खा पालुङटार नगरपालिका–७ की शान्ता विक (४२), कमल विक (४५), दाङ तुलसीपुर उपमहानगर–१ का कृष्ण कुमार नेपाल (३७), धर्मराज केसी (५०) र दाङ घोराही–५ की गीता वली (५०) छन्। त्यसैगरी, मध्यविन्दु–९ का सुवास…
मेलम्ची खोलामा फस्यो भूमिमन्त्री वलराम अधिकारी सवार गाडी

मेलम्ची खोलामा फस्यो भूमिमन्त्री वलराम अधिकारी सवार गाडी

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका शेरास्थित मेलम्ची खोलाको रातो पुलमा शनिबार दिउँसो खोला तर्ने क्रममा मन्त्री अधिकारी सवार गाडी फसेको हो । उक्त गाडी केहीबेर खोलामा फसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । प्रहरीका अनुसार गाडीको उद्धार भइसकेको छ । प्रहरीले बताए अनुसार, कार्यक्रमका लागि जाने क्रममा मन्त्री अधिकारीको गाडी खोलामा फसेको थियो । अनलाईन खवरबाट साभार
लुम्बिनीको प्रचार–प्रसारमा सञ्चार क्षेत्र लाग्नुपर्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनीको प्रचार–प्रसारमा सञ्चार क्षेत्र लाग्नुपर्छ : मुख्यमन्त्री आचार्य

गणेश खनाल अर्घाखाँची, जेठ १७ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीको महत्त्व अन्तर्राष्ट्रियस्तरमा फैलाउन सञ्चार माध्यमहरूले महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभएको छ । शनिबार लुम्बिनीमा आयोजित टेलिभिजनहरूको प्रथम राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले ‘लुम्बिनी देवभूमि, तपोभूमि र ज्ञानभूमि भएकाले यसको गहिरो प्रचार–प्रसारमा सञ्चार क्षेत्रले अझ सक्रियता देखाउनुपर्ने बताउनुभयो । लुम्बिनी देवभूमि हो । ज्ञानभूमि हो । तपोभूमि हो । यसको महत्त्व विश्वभर फैलाउन जरुरी छ । यसका लागि सञ्चार माध्यमहरूको भूमिका महत्त्वपूर्ण रहन्छ, मुख्यमन्त्री आचार्यले भन्नुभयो, “लुम्बिनी प्रदेशको समग्र क्षेत्रको विषयमा चर्चा परिचर्चा हुन जरुरी छ । विश्वको ध्यानाकर्षण गराउन मिडिया क्षेत्रको योगदान अनिवार्य हुने भएकाले सबै…
सामुदायिक वनमा शव फेला

सामुदायिक वनमा शव फेला

नेपालगन्ज, जेठ १७ गते । बाँकेको कोहलपुर नगरपालिका १२ दाउनाचोकस्थित दलित सामुदायिक वनमा पुरुषको शव फेला परेको छ । सल्यान छत्रेश्वरी गाउँपालिका ६ राणा गाउँका नरनाथ योगीको शव शनिबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । शवको पहिचान नभएपछि सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भएको केही घण्टामा मृतकका आफन्त प्रहरीको सम्पर्कमा आएपछि उहाँको पहिचान खुलेका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले बताउनुभयो ।  मृत अवस्थामा फेला परेका अन्दाजी ५२ वर्षीय योगीको मृत्यु के कारणले भएको हो र उहाँ सो सामुदायीक वनमा कसरी पुग्नु भयो ? भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।
६ बालबालिकाले चोरे २० तोला सुन

६ बालबालिकाले चोरे २० तोला सुन

दाङको राप्ती गाउँपालिकामा ६ जना बालबालिकाले मिलेर करिब २० तोला सुन चोरी गरेका छन्। चोरीमा संलग्न १४ वर्षका चार बालिका र १६ वर्षका एक किशोरसहित सुन किन्ने पसलेलाई पनि प्रहरीले पक्राउ गरेको छ। गत फागुन २३ गते राप्ती गाउँपालिका–७, बडका सिसहनियास्थित तारा गौतमको घरबाट काँचो सुन, सुनका गहना र ल्यापटप चोरी भएको थियो। गौतम परिवार घरमा ताला लगाएर लमही सरेको बेला बालबालिकाको समूहले ताला फोडेर चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
क्यान्सर प्रभावित पत्रकार केसीको निधन

क्यान्सर प्रभावित पत्रकार केसीको निधन

कपिलवस्तु, जेठ १७ गते। ब्लड क्यान्सरबाट प्रभावित पत्रकार दीपक केसीको निधन भएको छ । अर्घाखाँची घर भई कपिलवस्तुको रेडियो शिवराजमा स्टेसन म्यानेजरका रूपमा कार्यरत ३६ वर्षीय केसीको शुक्रवार राति निधन भएको नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले जानकारी दिनुभयो । पत्रकार केसीको असामयिक निधनले कपिलवस्तुको पत्रकारिता क्षेत्रले एक कर्मठ र प्रतिबद्ध व्यक्ति गुमाएको नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाले जनाएको छ ।पछिल्लो दुई वर्षदेखि क्यान्सरको उपचारमा रहनुभएका केसीले भारतमा बोन म्यारो ट्रान्सप्लान्ट समेत गराउनु भएको थियो । स्वास्थ्यमा सुधार आएपछि पुनः पत्रकारितामा सक्रिय हुनुभएका केसीको स्वास्थ्य अवस्था अचानक गम्भीर भएपछि उपचारका लागि बुटवल लगिएको थियो । तर, उपचारकै क्रममा…
कपिलवस्तुमा शङ्कास्पद प्रेसर कुकर बम फेला

कपिलवस्तुमा शङ्कास्पद प्रेसर कुकर बम फेला

कपिलवस्तु, जेठ १७ गते । कपिलवस्तुको मायादेवी गाउँपालिका–१ पकडीमा शङ्कास्पद प्रेसर कुकर बम फेला परेको छ । कृषि विकास बैङ्क अगाडि सडक किनारमा तारले बेरेर राखिएको उक्त कुकर शङ्कास्पद देखिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) निरञ्जन दत्त भट्टले शङ्कास्पद बस्तुको डिस्पोजल गर्ने तयारी भएको बताउनु भयो ।घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली खटिएको प्रहरीले जानकारी दिएको छ । शङ्कास्पद बस्तुमा ‘दलालहरू, जग्गा लुटपाट गर्ने तिमीहरू सुध्रिएनौ भने यो घरमा पनि लाग्न सक्छ’ भन्ने चेतावनीसहितको पर्चा टाँसिएको छ ।
कपिलवस्तुका एक युवक घरमा सुतेको अवस्थामा मृत्यु

कपिलवस्तुका एक युवक घरमा सुतेको अवस्थामा मृत्यु

मृत अवस्थामा फेला      काठमाडौं, १२ जेठ कपिलवस्तु, बुद्धभूमि नगरपालिका-१० चेत्रादेही बस्ने २२ वर्षीय राजन कुर्मी आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।            भक्तपुर, सूर्यविनायक नगरपालिका-३ बालकोट बृहस्पति मार्ग डेरा गरी बस्ने जाजरकोट घर भएकी ५० वर्षीया रोशनी शाही आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।             नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-२ कुडियास्थित रामजानकी मन्दिरको छेउमा भारत गोरखपुर गुलेरिया थाना एक्ला बस्ने ४५ वर्षीय राजेश चामार आइतबार मृत अवस्थामा फेला परेका छन् ।