सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं, २८ चैतकैलाली, घोडाघोडी नगरपालिका-२ साडेपानीस्थित सडकमा रोकी राखेको से.१ ख १२६८ नम्बरको मिनि ट्रकमा से.५ प ६९४४ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक गौरीगंगा नगरपालिका-८ बस्ने ४५ वर्षीय अमर बमको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको हो । मिनि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।इलाम, इलाम नगरपालिका-७ जिरोस्थित सडकमा को.१ त ७३४१ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक इलाम घर भएका ४० वर्षीय सुवास तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इलाममा उपचारको क्रममा मृत्यु भएको…
