कपिलवस्तुमा नालीभित्र एक पुरुषको शव फेला

Advertisement

(कपिलवस्तु), पुस २७ गते ।
कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटा हाटबजार अगाडि नालीभित्र एक पुरुषको शव फेला परेको छ।

नालीमा भेटिएको शवको हालसम्म पहिचान खुल्न सकेको छैन। प्रहरीका अनुसार शवलाई नालीबाट बाहिर निकालिएको छ।

शवको अवस्था हेर्दा करिब तीन–चार दिन अगाडि मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार