देउराली सामुदायिक वनको साधारण सभा, पर्यटनलाई जोड्न ‘बुद्धबाटिका पार्क’ निर्माण योजना पारित

Advertisement

कपिलवस्तु — बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेस्थित देउराली सामुदायिक वन उपभोक्ता समूहको १६ औँ वार्षिक साधारण सभा मंसिर २३ गते मंगलवार सम्पन्न भएको छ। सभा बुद्धभूमि उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको थियो।

सभाले बुद्धबाटिका पार्क (बोटानिकल गार्डेन) निर्माण गर्ने महत्वपूर्ण निर्णय पारित गरेको छ। प्रमुख वक्ता तथा बुद्धभूमि नगरप्रमुख केशव कुमार श्रेष्ठले करिब एक दशकदेखि चर्चा हुँदै आएको पार्क निर्माण योजना यसपालि सफलतापूर्वक अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो। नगरपालिकाले पार्क निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो।

कार्यक्रममा समाजसेवी पिताम्वर खनाल, फेकोफनका केन्द्रीय सदस्य बालिका बुढाथोकी, समाजसेवी ध्रुव न्यौपाने, उद्योग बाणिज्य संघका कार्यवाहक उपाध्यक्ष विष्णु पौडेल, त्रिसुली सामुदायिक वनका उपाध्यक्ष कर्णबहादुर महरा तथा कोटियादेवी सामुदायिक वनका अध्यक्ष लक्ष्मण थारुले शुभकामना मन्तव्य राखेका थिए।

देउराली सामुदायिक वनका अध्यक्ष बालकृष्ण बेल्वासेले सामुदायिक वनलाई पर्यापर्यटनसँग जोड्दै लुम्बिनी, अर्घाखाँची तथा राजमार्ग प्रयोग गर्ने यात्रुहरूका लागि नयाँ आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको बताए।

सभामा कोषाध्यक्ष कमला फुल्लेलले २९ लाख ४२ हजार रुपैयाँभन्दा बढीको आय–व्यय विवरण प्रस्तुत गरिन्। त्यस्तै, सचिव तिलकराम पौडेलले ३७ लाख रुपैयाँभन्दा बढीको आगामी वर्षको कार्ययोजना प्रस्तुत गरिएको जानकारी दिनुभयो।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार