चार करोड र नौ तोला सुनसहित पक्राउ परेका ७७ वर्षीय वृद्धलाई राजस्व विभाग पठाइयो

चार करोड र नौ तोला सुनसहित पक्राउ परेका ७७ वर्षीय वृद्धलाई राजस्व विभाग पठाइयो

काठमाडौँ, भदौ १८ गते। काठमाडौँ सामाखुसीबाट चार करोड २६ लाख नगद र ९ तोला बढी सुनसहित पक्राउ परेका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई प्रहरीले अनुसन्धानका लागि आन्तरिक राजस्व विभाग हरिहर भवन पठाएको छ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार मङ्गलबार पक्राउ परेका श्रेष्ठलाई बुधबार थप अनुसन्धानका लागि राजस्व विभाग पठाइएको हो।श्रेष्ठलाई मङ्गलबार दिउँसो काठमाडौँ महानगरपालिका-२६, सामाखुशीको एक घरबाट उक्त रकम, सुन र चाँदीसहित नियन्त्रणमा लिएको थियो। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर महाराजगन्ज र प्रहरी वृत्तको संयुक्त टोलीले अवैध रकम र सुनसहित घरधनी श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।श्रेष्ठलाई पक्राउ गरेपछि प्रहरीले उनका छोरा सनम खड्गीले कोठा…
कीर्तिपुर सधैं परिवर्तनको अग्रपंक्तिमा

कीर्तिपुर सधैं परिवर्तनको अग्रपंक्तिमा

काठमाडौँ, जेठ १८ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुरले सधैं परिवर्तनको पक्षमा भूमिका खेल्दै आएको बताउनुभएको छ।  शनिबार माओवादी केन्द्र कीर्तिपुर नगर समितिद्वारा आयोजित पिकनिक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कीर्तिपुरले आफूलाई गणतन्त्र नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनाएको स्मरण गर्दै यहाँका नेता, कार्यकर्ता, युवा, वृद्ध र सम्पूर्ण जनसमुदायप्रति धन्यवाद व्यक्त गर्नुभयो। “कीर्तिपुर नजितेसम्म न त चित्त बुझ्छ, न त मनमा शान्ति हुन्छ,” उहाँले भन्नुभयो, “यसपटक जित्न विशेष प्रयास गर्यौं, डा. शिव शरण महर्जनलाई जिताउन सकिएन, तर तेस्रो स्थानबाट दोस्रो स्थानमा पुर्याउन सक्यौं। हामी निराश भएका छैनौं, अब केही नयाँ गर्नुपर्छ भन्ने दृढ निश्चय लिएका…
अवैध लागूऔषध सहित ११ जना पक्राउ

अवैध लागूऔषध सहित ११ जना पक्राउ

काठमाडौं, १२ जेठ             काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु ५ किलो ९० ग्राम सहित २ जना भारतीय नागरिक आइतबार दिउसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ३० वर्षीय MOHAMMAD ASHRAF MUHAMMED र २३ वर्षीय MOHAMMED SAFVAN KAKKATT रहेका छन् । थाइ लायन एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा MOHAMMAD ASHRAF को साथबाट ३ किलो ४ सय ४० ग्राम र MOHAMMED SAFVAN को साथबाट १ किलो ६ सय ५० ग्राम गाँजा जस्तो देखिने वस्तु फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।…
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं, ३ वैशाखकाठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-९ बाट नियन्त्रित लागूऔषध नोर्फिन ८ एम्पुल, डाइजेपाम ८ एम्पुल र फेनारगन ८ एम्पुल सहित सोही ठाउँ बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-७ घर भएका २७ वर्षीय छिरिङ लामालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाँडीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-७ बस्ने २५ वर्षीय अजय चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी…
सवारी दुर्घटनामा सात जनाको मृत्यु

सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं, २ वैशाखमोरङ, ग्रामथान गाउँपालिका-६ सोमबारे घिनाघाटस्थित सडकमा नेताचोकबाट झोराहाटतर्फ जाँदै गरेको को.२२ प ९९८७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-६ बस्ने ६० वर्षीय अनन्तराम खवासको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनालाई थप उपचारको लागि विराट टिचिङ अस्पताल विराटनगर रिफर गरिएको छ ।इलाम, माई नगरपालिका-४ सुखानीस्थित सडकमा दानाबारीबाट बिर्तामोडतर्फ जाँदै गरेको मे.९ प ४५९६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री झापा अर्जुनधारा नगरपालिका-६ बस्ने रोम पाठकको छोरा २ वर्षीय ओस्कर पाठकको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट…
अवैध लागूऔषध सहित ९ जना पक्राउ

अवैध लागूऔषध सहित ९ जना पक्राउ

काठमाडौं, २ वैशाखकाठमाडौं, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ६ किलो ९ सय ७० ग्राम सहित भारतीय नागरिक २७ वर्षीय Vishak Vijayan सोमबार राति पक्राउ परेका छन् । थाई एयरको उडानद्वारा बैंकक हुँदै नेपाल आएका उनलाई विमानस्थलको टनेल गेटमा जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।सुनसरी, धरान उपमहानगरपालिका-१३ र १६ को सिमानाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ५ ट्याब्लेट र स्पास्पेन २ सय ५ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१९ बस्ने ३३ वर्षीय सुमन राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त…
चिनियाँ ठेकेदार कम्पनीलाई ९५ हजार रुपियाँ जरिवाना

चिनियाँ ठेकेदार कम्पनीलाई ९५ हजार रुपियाँ जरिवाना

नवलपुर, फागुन ५ गते । नारायणघाट–बुटबल सडक विस्तार गरिरहेको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिलाई नवलपुरको कावासोती नगरपालिकाले ९५ हजार रुपियाँ जरिवाना गरेको छ ।  कम्पनीले सडक विस्तारको नाममा जथाभावी नदीजन्य पदार्थ उत्खनन गरेको पाइएपछि नगरपालिकाले जरिवाना गरेको हो । कावासोती –१६ को पत्थर खोलामा केही दिनअघि जेसिबी र ट्रिपर प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गरेका तस्बिरहरु सार्वजनिक भएपछि नगरपालिकाले अनुगमन गरेको थियो ।  अनुगमनको क्रममा फेला परेको एउटा जेसिबी र एउटा ट्रिपरलाई कारबाही गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार ट्रिपरलाई २५ हजार रुपियाँ र जेसिबीलाई ७० हजार गरी ९५ हजार रुपियाँ…
स्कुल बस दुर्घटना: ३ जनाको मृत्यु, २० भन्दा बढी घाइते

स्कुल बस दुर्घटना: ३ जनाको मृत्यु, २० भन्दा बढी घाइते

काठमाडौँ, माघ ३० – काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिके क्षेत्रमा साँखु–नगरकोट सडकखण्डमा बुधबार साँझ भएको स्कुल बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २० भन्दा बढी विद्यार्थी घाइते भएका छन्। चावहिलस्थित एसएस एकेडेमीले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भएर अनियन्त्रित बनेपछि दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो। वनभोज सकेर नगरकोटबाट साँखुतर्फ फर्कँदै गरेको बस साँझ ५ बजेतिर दुर्घटनाग्रस्त भएको हो। प्रहरीले उद्धार कार्य जारी रहेको जनाएको छ भने दुर्घटनाका विस्तृत विवरण आउन बाँकी छ।
नयाँ वर्षसँगै नेपालीहरूमा थप उत्साह थपिनेछ : उपाध्यक्ष घिमिरे

नयाँ वर्षसँगै नेपालीहरूमा थप उत्साह थपिनेछ : उपाध्यक्ष घिमिरे

काठमाडौं, वैशाख १ गते । जनताले नयाँ संविधान पाए पनि सोही अनुरूप मुलुक अगाडी बढ्न नसक्दा  जनतामा अहिले चरम निराशा देखिन थालेको छ । यो निराशालाई चिर्दै नयाँ वर्षसँगै जनतामा थप उत्साह थपिने बताउनुभएको छ ।  विधायीकाले कानुनहरू निर्माण गरी जनताको आशा पुरा गर्ने पक्षमा रहेको बताउनुहुँदै राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे यस्तो बताउनुभएको हो । सरकार र व्यवस्थापिका सांसदले संविधान अनुरूप बन्न बाँकी रहेका कानुनहरू बनाउने र सङ्घीयताको अभ्यासलाई थप सुदृढ र परिष्कृत गर्दै लैजान थप सक्रियता देखाउन आवश्यक रहेको बताउनुभएको छ । उहाँले नयाँ वर्ष २०८१ को अवसरमा सबैमा शुभकामना दिनुभएको छ । 
विकासको कामलाई कुनै पनि बहानामा अवरोध गर्नुहुँदैन : योगेश भट्टराई

विकासको कामलाई कुनै पनि बहानामा अवरोध गर्नुहुँदैन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले विकासको कामलाई कुनै बहानामा अवरोध गर्नु नहुने बताउनुभएको छ ।नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई बिहीबार सम्बोधन सचिव भट्टराईले सभ्यता र संस्कृतिलाई जोगाउँदै विकासका काम अघि बढाउनु पर्ने बताउनुभयो । नेकपा एमाले हिजोदेखि नै सभ्यता र संस्कृतिको संरक्षणको पक्षमा रहेको उहाँले सम्पदाको संरक्षण गर्दै विकासको काम अघि बढाउनु पर्ने बताउनुभयो । ‘विकास निर्माणको काममा कसैले पनि अवरोध गर्नुहुँदैन’, उहाँले भन्नुभयो ।कुनै पनि योजनामा समस्या छ भने बसेर छलफल गरी समस्या समाधान गर्नुपर्नेमा उहाँले बताउनुभयो । कुनै पनि हालतमा काम गर्न दिँदैनौँ भनेर विकास विरोधी कुरा कसैले गर्नु नहुने उहाँले स्पष्ट पार्नुभयो…