भृकुटी सामुदायिक वनको १२औँ साधारण सभा सम्पन्न

Advertisement

३२ लाख ५६ हजार रुपैयाँको आय–व्यय विवरण प्रस्तुत

कपिलवस्तु, बुद्धभूमि–१ (कपासे) । भृकुटी सामुदायिक वन उपभोक्ता समूह, बुद्धभूमि–१ कपासेको १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा आर्थिक वर्षको ३२ लाख ५६ हजार १६९ रुपैयाँ बराबरको आय–व्यय विवरण प्रस्तुत गरिएको छ ।

सभामा वन व्यवस्थापन, संरक्षण तथा उपभोक्ता हितसँग सम्बन्धित विषयमा छलफल गरिएको थियो । यस क्रममा ल्याण्डफिल साइटको व्यवस्थापन, उपभोक्तालाई सेन्सर लाइट वितरण लगायतका कार्यक्रम कार्यान्वयन गरिएको जानकारी गराइयो ।

भृकुटी सामुदायिक वन वि.सं. २०६७ सालमा हस्तान्तरण भएको हो । हाल यस वनमा १९५ घरधुरी उपभोक्ता आबद्ध छन् भने ७९.२२ हेक्टर क्षेत्रफल वन क्षेत्र रहेको छ ।

साधारण सभामा बोल्दै सामुदायिक वनका अध्यक्ष अमर थापाले वन संरक्षणसँगै उपभोक्ताको जीवनस्तर सुधारमा जोड दिनुपर्ने बताए ।
उनले भने, “वनलाई दिगो रूपमा व्यवस्थापन गर्दै उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकता दिएका छौँ।”

कार्यक्रमका प्रमुख अतिथि वैज्ञानिक वन महासंघका केन्द्रीय अध्यक्ष रेणु सेनले सामुदायिक वनले वातावरण संरक्षणसँगै स्थानीय विकासमा महत्वपूर्ण योगदान दिएको बताइन् ।
उनले भनिन्, “सामुदायिक वनले जैविक विविधता संरक्षणका साथै आर्थिक सशक्तीकरणमा पनि महत्वपूर्ण भूमिका खेलिरहेका छन्।”

साधारण सभामा निवर्तमान अध्यक्ष पशुपति शर्मा, सचिव भीमा बन्जाडेकोषाध्यक्ष सुमित्रा रिजालले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजना र चुनौतीबारे जानकारी गराएका थिए । सभामा उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार