गुर्डुङ खोलामा डुबेर मृत्यु हुने ८० वर्षीया महिला को हुन् ?

गुर्डुङ खोलामा डुबेर मृत्यु हुने ८० वर्षीया महिला को हुन् ?

जानु पाण्डेकपिलवस्तु, असार ४ गते। कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ स्थित गुर्डुङ खोलामा मृत अवस्थामा फेला परेकी महिला बुद्धभूमि नगरपालिका–४ भगिरामपुर निवासी ८० वर्षीया रुपासेन वली रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार वली केही समयदेखि आफ्नी छोरी जमुना केसीको घरमा बस्दै आएकी थिइन्। बिहीबार बिहान उनी कसैलाई जानकारी नदिई घरबाट निस्किएकी थिइन्। स्थानीयवासीले गुर्डुङ खोलामा एक महिला मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट प्रहरी निरीक्षक बाबुराम बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलमा मृतकको कपडा र झोला पुलको छेउमा रहेको फलामको पोलमा राखिएको अवस्थामा फेला पारेको जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा उनी…
एसईई उत्कृष्टलाई सम्मान गर्दै सोसियल

एसईई उत्कृष्टलाई सम्मान गर्दै सोसियल

कपिलवस्तु, । बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा रहेको सोसियल इंग्लिस बोर्डिङ स्कुल बुद्धभूमि–२ गोरुसिङ्गे कपिलवस्तु ले एसईई २०८२ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा उत्कृष्ट जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मानपत्र, खादा तथा मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको हो । कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो । यस वर्ष विद्यालयले बुद्धभूमि नगरपालिकामै उत्कृष्ट नतिजा ल्याउँदै प्रथम स्थान हासिल गरेको थियो । विद्यालयबाट एसईई परीक्षामा सहभागी ५८ जना विद्यार्थीमध्ये ९६.५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयका अनुसार ३.६ देखि ४ जीपीए ल्याउने ११ जना तथा ३.२ देखि ३.६ जीपीए ल्याउने २० जना…
भृकुटी सामुदायिक वनको १२औँ साधारण सभा सम्पन्न

भृकुटी सामुदायिक वनको १२औँ साधारण सभा सम्पन्न

३२ लाख ५६ हजार रुपैयाँको आय–व्यय विवरण प्रस्तुत कपिलवस्तु, बुद्धभूमि–१ (कपासे) । भृकुटी सामुदायिक वन उपभोक्ता समूह, बुद्धभूमि–१ कपासेको १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा आर्थिक वर्षको ३२ लाख ५६ हजार १६९ रुपैयाँ बराबरको आय–व्यय विवरण प्रस्तुत गरिएको छ । सभामा वन व्यवस्थापन, संरक्षण तथा उपभोक्ता हितसँग सम्बन्धित विषयमा छलफल गरिएको थियो । यस क्रममा ल्याण्डफिल साइटको व्यवस्थापन, उपभोक्तालाई सेन्सर लाइट वितरण लगायतका कार्यक्रम कार्यान्वयन गरिएको जानकारी गराइयो । भृकुटी सामुदायिक वन वि.सं. २०६७ सालमा हस्तान्तरण भएको हो । हाल यस वनमा १९५ घरधुरी उपभोक्ता आबद्ध छन् भने ७९.२२ हेक्टर क्षेत्रफल वन क्षेत्र रहेको छ ।…
कपिलवस्तुमा नालीभित्र एक पुरुषको शव फेला

कपिलवस्तुमा नालीभित्र एक पुरुषको शव फेला

(कपिलवस्तु), पुस २७ गते ।कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटा हाटबजार अगाडि नालीभित्र एक पुरुषको शव फेला परेको छ। नालीमा भेटिएको शवको हालसम्म पहिचान खुल्न सकेको छैन। प्रहरीका अनुसार शवलाई नालीबाट बाहिर निकालिएको छ। शवको अवस्था हेर्दा करिब तीन–चार दिन अगाडि मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तनहुँमा तीन जनाको विभत्स हत्या, घटनास्थल तनावग्रस्त

तनहुँमा तीन जनाको विभत्स हत्या, घटनास्थल तनावग्रस्त

तनहुँ, पुस २६ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटस्थित फोहोरमैला प्रशोधन केन्द्र नजिक तीन जनाको विभत्स हत्या भएको खुलासा भएको छ। शनिबार बिहान दुई जना पुरुष र केही घण्टापछि एक जना महिला मृत अवस्थामा फेला परेपछि क्षेत्र तनावग्रस्त बनेको छ। इलाका प्रहरी कार्यालय बेलचौतारालाई शनिबार बिहान करिब साढे ९ बजे फोहोरमैला प्रशोधन केन्द्रका एक कर्मचारीले दुई जना पुरुष मृत अवस्थामा भेटिएको जानकारी गराएका थिए। प्रहरी टोली घटनास्थल पुग्दा प्रशोधन केन्द्रको कम्पाउन्ड बाहिर दुई पुरुषको शव फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको देखिएको प्रहरीले जनाएको छ। मृतकमध्ये एक जना शुक्लागण्डकी नगरपालिका–११ पाल्पालीछाप निवासी अन्दाजी ४० वर्षीय…
विद्यार्थीलाई न्यानो पोसाक वितरण

विद्यार्थीलाई न्यानो पोसाक वितरण

कपिलवस्तु, पुस २६ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा रहेको शिवशक्ति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो पोसाक वितरण गरिएको छ। स्वावलम्बन लघुवित्त वित्तीय संस्था ठाडा शाखा कार्यालय तथा बुद्धभूमि यूथ सोसाइटीको सहयोगमा विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो पोसाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक जानका पन्थीले जानकारी दिनुभयो। स्वावलम्बन लघुवित्त ठाडा शाखा कार्यालयका प्रबन्धक नारायण भण्डारीले ४३ जना विद्यार्थीलाई न्यानो पोसाक वितरण गर्नुभएको थियो। त्यसै गरी बुद्धभूमि यूथ सोसाइटीले बुद्धभूमि महोत्सवमा पार्किङ शुल्कबाट सङ्कलित रकममार्फत ३६ जना विद्यार्थीलाई न्यानो पोसाक वितरण गरेको सोसाइटीका अध्यक्ष शङ्कर महराले बताउनुभयो। दुवै संस्थाबाट करिब ६० हजार रुपैयाँ बराबरको न्यानो पोसाक सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ।
बुद्धभूमि महोत्सव मंसिर १२ मा ज्योति, बिन्दु र सजिनाको प्रस्तुति

बुद्धभूमि महोत्सव मंसिर १२ मा ज्योति, बिन्दु र सजिनाको प्रस्तुति

पाँचौँ बुद्धभूमि महोत्सवमा मंसिर १२ गते पनि चर्चित कलाकारहरूको आकर्षक प्रस्तुति रहने भएको छ। बुद्धभूमि–२, गोरुसिङ्गेमा जारी महोत्सव अन्तर्गत सो दिन लोकप्रिय गायिका ज्योति मगर र बिन्दु परियारका साथमा मोडेल तथा डान्सर सजिना चौधरी स्टेजमा प्रस्तुति दिनेछन्। मंसिर ४ गतेदेखि सञ्चालनमा आएको महोत्सव कृषि, उद्योग, व्यापार, पर्यटन तथा संस्कृतिको प्रवर्द्धनका साथै स्थानीय प्रतिभा र व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको हो। महोत्सव मंसिर १६ गतेसम्म निरन्तर चल्नेछ।
कपिलवस्तुमा रक्तदाता खोज्नै सकस, आकस्मिक बिरामी उपचारमा चुनौती

कपिलवस्तुमा रक्तदाता खोज्नै सकस, आकस्मिक बिरामी उपचारमा चुनौती

कपिलवस्तु, साउन ३१ गते ।कपिलवस्तु अस्पताल तौलिहवामा एक सुत्केरी आमा जीवन र मृत्युको दोसाधमा थिइन् । जन्मन नपाउँदै सात महिनाको गर्भ गुमाएकी ती महिलालाई चिकित्सकले तत्काल ४ पोकासम्म एबी पोजेटिभ रगत आवश्यक रहेको बताए । तर परिवारले जहाँतही खोज्दा पनि रगत जुटाउन सकेन ।हतार–हतार दौडधूपपछि तौलिहवाको रक्तसञ्चार केन्द्रबाट एक पोका मात्र रगत उपलब्ध भयो । बाँकी रगत खोजी असफल भएपछि परिवारजनले सामाजिक सञ्जालमार्फत अपिल गरे । “कसैसँग एबी पोजेटिभ छ भने तुरुन्त रगत आवश्यक छ ।”पत्रकार बासुदेव बर्माले फेसबुकमा राखेको त्यो अपिल सशस्त्र प्रहरी बल २८ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) नेत्र केसीको नजरमा प¥यो । कुनै विलम्ब नगरी…
पारिजातद्वारा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

पारिजातद्वारा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

नेपाल टिभि न्युज बुद्धभूमि। पारिजात पब्लिक स्कुलले कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षा २०८१ द्धभूमि नगरपालिकामा प्रथम, कपिलवस्तु जिल्लामा तेस्रो, र छात्रातर्फ जिल्लामै प्रथम भएको अवसरमा विद्यालयले बधाई, शुभकामना कार्यक्रम गर्दै विद्यार्थी सँगै शिक्षकहरुलाई समेत सम्मान गरेको हो । विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षकहरूलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विश्व खनालको अध्यक्षता भएको सम्मान कार्यक्रममा बुद्धभूमि नगरपालिकाका वडा २ का वडा सदस्य जीवलाल घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । विद्यालयकी मेधावी छात्रा शान्ता…
सम्झना रणपालको तिज गित “फर्की हेर्यौ नक्कले” सार्वजनिक

सम्झना रणपालको तिज गित “फर्की हेर्यौ नक्कले” सार्वजनिक

नेपाल टिभि न्युजहरितालिका तीजको रौनक झनझन चुलिँदै जाँदा नेपाली सांगीतिक बजार पनि झनै तातिएको छ। यतिबेला कलाकारहरू, गायक–गायिकाहरू, संगीतकारहरू सबै तीज विशेष गीतहरूमा व्यस्त छन्। यसैबीच गायिका सम्झना रणपालको आवाजमा सजिएको "फर्की हेर्यौ नक्कले" बोलको नयाँ तीज गीत सार्वजनिक भएको छ। यो गीतमा मौलिकता र परम्पराको संगालो छ। रमाइलो लय, व्यङ्ग्यात्मक शैली र महिला चेतनाको सन्देश मिसिएको गीत सुन्दा पनि झुम्न बाध्य बनाउँछ। सम्झना रणपाल, मोहित मुनाल र लक्ष्मी बस्नेतको आवाजले गीतमा ऊर्जा थपेको छ।गीतका शब्द लेखक बिक्रमबाबु विश्वकर्माले परम्परागत तीजको भावना र आजको समाजबीचको अन्तरलाई सरल तर प्रभावशाली ढंगले प्रस्तुत गरेका छन्। लय संयोजन झबिन नेपालीको रहेको छ, जसले…