बुद्धभूमि महोत्सव मंसिर १२ मा ज्योति, बिन्दु र सजिनाको प्रस्तुति
पाँचौँ बुद्धभूमि महोत्सवमा मंसिर १२ गते पनि चर्चित कलाकारहरूको आकर्षक प्रस्तुति रहने भएको छ। बुद्धभूमि–२, गोरुसिङ्गेमा जारी महोत्सव अन्तर्गत सो दिन लोकप्रिय गायिका ज्योति मगर र बिन्दु परियारका साथमा मोडेल तथा डान्सर सजिना चौधरी स्टेजमा प्रस्तुति दिनेछन्। मंसिर ४ गतेदेखि सञ्चालनमा आएको महोत्सव कृषि, उद्योग, व्यापार, पर्यटन तथा संस्कृतिको प्रवर्द्धनका साथै स्थानीय प्रतिभा र व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको हो। महोत्सव मंसिर १६ गतेसम्म निरन्तर चल्नेछ।
