यसरी गरिएको थियो भोटेकोशी बाढीको कारण मृतकको शव व्यवस्थापन

यसरी गरिएको थियो भोटेकोशी बाढीको कारण मृतकको शव व्यवस्थापन

विभिन्न जिल्लाहरूबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव एवम् शरिरका अंगहरूको उचित व्यवस्थापन गर्दै स्वास्थ्यमा हुन सक्ने सङ्क्रमण तथा जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले नेपाल प्रहरीले प्रभवाकारी शव व्यवस्थापनको कार्यलाई अगाडि बढाएको छ । संकलित शवहरूको संख्या बढ्दै गइरहेको र शवहरू सड्न सुरू भइसकेको कारण सङ्क्रमण तथा महामारी फैलिन सक्ने जोखिम औँल्याएका हुँदा सोही जोखिमलाई ध्यानमा राख्दै शवहरू थप बिग्रन नदिन र दुर्गन्ध नियन्त्रण गर्न प्रहरीले शव व्यवस्थापन प्रक्रियालाई तीव्र पारेको छ ।    चितवनमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पहिचान नभएका शवहरूको व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइसकेको छ । अन्य जिल्लामा समेत सोही अनुरूप शव व्यवस्थापनको कार्यलाई अवलम्बन गरिएको छ । हालसम्म…
Read More
कपिलवस्तुबाट औषधी तस्करी, एउटाको मूल्य १५ हजार पर्ने एघार लाखको अवैध औषधी बरामद

कपिलवस्तुबाट औषधी तस्करी, एउटाको मूल्य १५ हजार पर्ने एघार लाखको अवैध औषधी बरामद

कपिलवस्तु, भदौ १० गते । कपिलवस्तुमा सशस्त्र प्रहरीले १० लाख ८२ हजार रुपैयाँ मूल्य बराबरको भन्सार छली ल्याइएको अवैध औषधी बरामद गरेको छ । सीमा क्षेत्रको दशगजा नजिकै लुकाएर राखिएको अवस्थामा विभिन्न प्रकारका महँगा औषधी बरामद गरिएको हो । कृष्णनगरस्थित सशस्त्र प्रहरी गणबाट सशस्त्र प्रहरी नायब उपरीक्षक द्वारिका केसीको कमान्डमा खटिएको टोलीले बुधवार बिहान ११ बजे विशेष सुराकीका आधारमा औषधी बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल २८ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले बताउनुभयो । बरामद औषधीमा क्यान्सर उपचार, नवजात शिशुको उपचार तथा उच्च रक्तचापलगायतका रोगमा प्रयोग हुने औषधी रहेका छन् । सशस्त्र प्रहरीका अनुसार पोली डी २…
Read More
थापा परिवारबाट सर्प दंश उपचार केन्द्रलाई डेढलाख बढीको बाटर फिल्टर सहयोग

थापा परिवारबाट सर्प दंश उपचार केन्द्रलाई डेढलाख बढीको बाटर फिल्टर सहयोग

जानु पाण्डेकपिलवस्तु, वैशाख ३ गते । कपिलवस्तुको सर्प दंश उपचार केन्द्रलाई सेवाग्राहीहरूले सामग्री सहयोग गरेका छन् । केन्द्रमा उपचारपछि निको हुनु भएकी बाणगंगा नगरपालिका १, वैरियाकी यमकला थापा मगरले १ लाख ६० हजार रुपैयाँ बराबरको वाटर फिल्टर सहयोग गर्नु भएको छ ।उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीका अनुसार, यमकलाले ससुरा बलबहादुर थापा मगरको स्मृतिमा उक्त सहयोग गर्नु भएको थियो । वाटर फिल्टरको सहयोगले उपचार केन्द्रमा आउने बिरामीहरूलाई स्वच्छ पानी पिउन सहज हुनेछ । विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले यमकलाले उपचारका क्रममा पसलबाट पानी किन्नु परेको अनुभवपछि फिल्टर सहयोग गर्ने निर्णय लिएको जानकारी दिनु भयो । यमकला पालिका अध्यक्ष थापाको भाइ…
Read More
सर्पदंशलाई बेड सहयोग गर्ने मनकारी खनाल

सर्पदंशलाई बेड सहयोग गर्ने मनकारी खनाल

कपिलवस्तु, वैशाख ३ गते। सर्प दंश उपचार केन्द्रमा बिरामीका लागि बेड सहयोग गर्ने बुद्धभूमि नगरपालिका–४ का मौरीपालक कृषक रामप्रसाद खनाललाई सम्मान गरिएको छ। खनालले ५० हजार रुपैयाँ बराबरका दुईवटा बिरामी जाँच बेड सहयोग गरेका थिए। स्वास्थ्य क्षेत्रमा नागरिकको सक्रिय सहभागिता महत्वपूर्ण हुने भन्दै केन्द्रले उनलाई सम्मानपत्र प्रदान गरेको हो। बुद्धभूमि नगरपालिका–२ का वडा अध्यक्ष सुरज प्रताप राणाले खनाललाई सम्मानपत्र हस्तान्तरण गरेका थिए। कार्यक्रममा बोल्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले स्थानीयको सहयोगले स्वास्थ्य सेवा प्रवाहमा थप सघाउ पुग्ने बताए। उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले खनालको सहयोगप्रति आभार व्यक्त गर्दै सबै नागरिकलाई सामाजिक उत्तरदायित्वमा अग्रसर बन्न आह्वान गरे।
Read More
भाइरल रुघाखोकी र ज्वरोको महामारी: बच्ने उपायहरू

भाइरल रुघाखोकी र ज्वरोको महामारी: बच्ने उपायहरू

काठमाडौं, फागुन २ – पछिल्ला केही सातादेखि भाइरल रुघाखोकी र ज्वरोको संक्रमण तीव्र रूपमा फैलिरहेको छ। अस्पतालहरूमा बिरामीको चाप बढ्दै गएको छ भने चिकित्सकहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्। संक्रमणको स्थितिस्वास्थ्य विज्ञहरूका अनुसार यो मौसमी संक्रमण हो, जसमा मानिसहरूलाई उच्च ज्वरो, घाँटी दुख्ने, नाक बग्ने, खोकी, थकान, तथा शरीर दुख्ने लक्षण देखिन्छ। कमजोर प्रतिरोधी क्षमता भएका व्यक्ति, बालबालिका, ज्येष्ठ नागरिक, र दीर्घरोगीहरू बढी जोखिममा छन्। बच्ने उपायहरूविशेषज्ञहरूले भाइरल संक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउन सल्लाह दिएका छन्: ✅ व्यक्तिगत सरसफाइ – साबुनपानीले हात धुने, नाक-मुख-आँखा नछुने, र हाछ्युँ-खोकी गर्दा कुहिनोले मुख छोप्ने। ✅ भीडभाडमा मास्क प्रयोग – सार्वजनिक यातायात, विद्यालय, तथा…
Read More
स्वास्थ्य बिमा गर्नेको आधा रकम गाउँपालिकाले तिर्ने

स्वास्थ्य बिमा गर्नेको आधा रकम गाउँपालिकाले तिर्ने

कपिलवस्तुको विजयनगर गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका परिवारहरूलाई स्वास्थ्य बिमामा सहुलियत दिने योजना ल्याएको छ । पालिकाका सबै जनतालाई स्वास्थ्य बिमाको दायरामा ल्याउनको लागी बिमा शुल्कमा ५० प्रतिशत अनुदानको व्यवस्था गरिने भएको छ । यो निर्णयले गाउँपालिकावासीलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउन तथा जनताको स्वास्थ्यमा पर्ने आर्थिक भार घटाउन महत्तवपूर्ण सहयोग पु¥याउने विश्वास गरिएको छ ।“हामी गाउँपालिकावासीलाई सहज स्वास्थ्य सेवामा पहुँच पु¥याउन प्रतिबद्ध छौँ । स्वास्थ्य बिमामा सहुलियत दिने यो योजनाले आर्थिक रूपमा कमजोर परिवारहरूको स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पार्नेछ । मङ्सिरबाट लागु गराउने गरी कार्यपालिकाको बैठकले निर्णय समेत गरेका छौ । हिउँदे गाउँ सभाबाट आवश्यक बजेट विनियोजन गरिने छ, ” गाउँपालिका…
Read More
‘सन्तुलित भोजन र व्यायाम नै बाथरोगको औषधि’

‘सन्तुलित भोजन र व्यायाम नै बाथरोगको औषधि’

कास्की- बाथरोग विशेषज्ञ डा सुधीर कर्माचार्यले बाथरोगको औषधि सन्तुलित भोजन र शारीरिक परिश्रम भएको बताए । नारी शक्ति जागरण आमा समूह पोखरा-१७ आँखा अस्पताल चोकको व्यवस्थापन तथा नेसनल बाथरोग मुस्ताङचोकको प्राविधिक सहयोगमा आयोजित निःशुल्क रक्त परीक्षण एवम् रिपोर्ट वितरण कार्यक्रममा बाथरोग अधिकांश बिरामीहरुले दुखाइ कम गर्ने औषधि प्रयोग गर्ने गरेको बताए । नेपालमा बाथरोगका बिरामी बढ्दो क्रममा रहेको बताउँदै अहिले छ प्रतिशत जनसङ्ख्यामा पुगेको उनको भनाइ छ । बाथरोगको सङ्केत देखिएका बिरामीहरुले रातो मासु, गेडागुडी, गोलभेँडा, अम्लीय पदार्थ, गुलियो पदार्थ, मद्यपान र धुम्रपान गर्न नहुने र उचाइ अनुसारको मोटोपन कायम राख्न सकेमा आत्तिनु नपर्ने उनकोे भनाइ छ । अहिलेसम्म दुई…
Read More
कस्ता मानिस लाई लामखुट्टेले बढि टोक्छ ?

कस्ता मानिस लाई लामखुट्टेले बढि टोक्छ ?

लामखुट्टेमा मानिस र जनावर भएको ठाउँ थाहा पाउने एक विशेष प्रकारको सेन्सर हुन्छ । यसैको मद्दतले यसले शिकारलाई खोज्दछ । यस अलावा अन्यको तुलनामा कसैलाई बढि लामखुट्टेले टोक्छ भने लामखुट्टेलाई के कुराले आकर्षित गर्छ त ? यी हुन् कारण ः १. धेरै पसिना आउने मानिस प्रति लामखुट्टेलाई आकर्षित गर्दछ । लामखुट्टेलाई आवश्यक पर्ने सबैकुरा पसिनामा पाइन्छ । त्यसैले यो आर्कषित बन्दछ । २. महिलाको तुलनामा पुरुष र बच्चालाई र यी दुइको तुलनामा पनि वयस्कलाई लामखुट्टेले धेरै टोक्ने गर्दछ । ३. लामखुट्टे शरीरको तापक्रममार्फत आफ्नो शिकारको खोजी गर्दछ । मानिसको शरीरको तापक्रम लामखुट्टेका लागि आइडियल हुने गर्दछ । ४. कालो, निलो,…
Read More

कति समयको फरकमा खाना खानु राम्रो ?

व्यस्त जीवनशैली र खानपानमा उचित ध्यान पुर्‍याउन नसक्दा हिजोआज मानिसको प्रतिरक्षा प्रणाली कमजोर बन्दै गइरहेको छ । बिहान उठ्नेदेखि राति सुत्ने समय निश्चित छैन । खानाको हकमा पनि त्यस्तै नै छ । बिहान खानुपर्ने खाना दिउँसो र बेलुका खानुपर्ने खानेकुरा राति खाँदा स्वास्थ्यमा विभिन्न खालका समस्या आइरहेका छन् । सामान्यतया हाम्रो आमाशयको आकार दुईवटा मुठ्ठी बराबरको हुन्छ । तर त्यो आमाशय पाँच गुनासम्म तन्किन सक्छ । जसले हामीले शरीरलाई आवश्यकभन्दा बढी खाना खायौं र समयमा खाएनौं भने पनि अट्छ तर पच्न भने धेरै समय लाग्छ । हामी प्रायः भोक नलागे पनि खाना खाइरहेका हुन्छौं । बिहान अफिस जान हतार हुन्छ…
Read More
९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

काठमाडौं । सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने जनाएको छ । औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । कार्यक्रम अन्तर्गत स्वदेशमा नै उत्पादित औषधि खरिद गर्न प्राथमिकता दिइने समेत बताएको छ । बहुसंख्यक जनताले सेवा प्राप्त गर्ने गरी पायक पर्ने स्थानमा आधारभूत अस्पताल निर्माण तथा सञ्चालन गर्न प्राथमिकता दिइने समेत बताएको छ…
Read More
//omg10.com/4/6824010