डोटीको जोरायलमा इभि हाइस दुर्घटना, एकजनाको मृत्यु र १८ जना घाइते

डोटीको जोरायलमा इभि हाइस दुर्घटना, एकजनाको मृत्यु र १८ जना घाइते

दिपायल, असोज २५ गते । डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनस्थित भिमदत्त राजमार्गमा शनिबार बिहान इभि हाइस दुर्घटना हुँदा एकजनाको मृत्यु र १८ जना घाइते भएका छन् । अछामबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख–३९५६ नम्बरको इभि हाइस बिहान करिब ५ः३५ बजेतिर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । दुर्घटनामा अछाम मङ्गलसेन नगरपालिका–९ की २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको हो । घटनामा घाइते १८ जनामध्ये आठ जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई उपचारका लागि कैलाली अत्तरियास्थित पद्मा अस्पताल पठाइएको हो । प्रहरी…
Read More
आगलागीमा जलेर एक जनाको मृत्यु

आगलागीमा जलेर एक जनाको मृत्यु

     कैलाली, १९ जेठ             गौरीगंगा नगरपालिका-१० जवलपुर बस्ने ४६ वर्षीय अनिल चौधरीको कच्ची गोठको माथिल्लो तलामा गए राति आगलागी हुँदा उक्त आगलागीमा जलेर सोही गोठको माथिल्लो तलामा सुतेका अनिलको बुबा ७२ वर्षीय कुक्रु डगौरा थारूको घटनास्थलमै मृत्यु भएको छ । आगलागीबाट गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ ।             यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Read More
अवैध लागूऔषध सहित ११ जना पक्राउ

अवैध लागूऔषध सहित ११ जना पक्राउ

काठमाडौं, १२ जेठ             काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु ५ किलो ९० ग्राम सहित २ जना भारतीय नागरिक आइतबार दिउसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ३० वर्षीय MOHAMMAD ASHRAF MUHAMMED र २३ वर्षीय MOHAMMED SAFVAN KAKKATT रहेका छन् । थाइ लायन एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा MOHAMMAD ASHRAF को साथबाट ३ किलो ४ सय ४० ग्राम र MOHAMMED SAFVAN को साथबाट १ किलो ६ सय ५० ग्राम गाँजा जस्तो देखिने वस्तु फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।…
Read More
नालामा भेटियो नवजात शिशु, प्रहरीद्वारा सकुशल उद्धार

नालामा भेटियो नवजात शिशु, प्रहरीद्वारा सकुशल उद्धार

कैलाली, जेठ ११ गते।कैलालीको धनगढी उपमहानगरपालिका–१४ स्थित एच गाउँको साईनोचोक नजिकै एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ। स्थानीयले सडक छेउको नालाबाट रोइरहेको आवाज सुनेपछि शिशुलाई फेला पारेका थिए। सालनाल सहितको अवस्थामा भेटिएको शिशु तुरुन्तै इलाका प्रहरी कार्यालय बहुलियालाई जानकारी दिइएको थियो। प्रहरी टोली घटनास्थलमा पुगेर शिशुलाई सकुशल उद्धार गरी सेती प्रादेशिक अस्पताल, धनगढी पठाएको इलाका प्रहरी कार्यालय बहुलियाका वरिष्ठ प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिनुभयो। चन्दका अनुसार शिशुलाई कसले जन्माएर फाल्यो भन्नेबारे अनुसन्धान भइरहेको छ।
Read More
अवैध लागूऔषध सहित ११ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं, ३ वैशाखकाठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-९ बाट नियन्त्रित लागूऔषध नोर्फिन ८ एम्पुल, डाइजेपाम ८ एम्पुल र फेनारगन ८ एम्पुल सहित सोही ठाउँ बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-७ घर भएका २७ वर्षीय छिरिङ लामालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाँडीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-७ बस्ने २५ वर्षीय अजय चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी…
Read More
सवारी दुर्घटनामा सात जनाको मृत्यु

सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं, २ वैशाखमोरङ, ग्रामथान गाउँपालिका-६ सोमबारे घिनाघाटस्थित सडकमा नेताचोकबाट झोराहाटतर्फ जाँदै गरेको को.२२ प ९९८७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-६ बस्ने ६० वर्षीय अनन्तराम खवासको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनालाई थप उपचारको लागि विराट टिचिङ अस्पताल विराटनगर रिफर गरिएको छ ।इलाम, माई नगरपालिका-४ सुखानीस्थित सडकमा दानाबारीबाट बिर्तामोडतर्फ जाँदै गरेको मे.९ प ४५९६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री झापा अर्जुनधारा नगरपालिका-६ बस्ने रोम पाठकको छोरा २ वर्षीय ओस्कर पाठकको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट…
Read More
अवैध लागूऔषध सहित ११ जना पक्राउ

अवैध लागूऔषध सहित ९ जना पक्राउ

काठमाडौं, २ वैशाखकाठमाडौं, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ६ किलो ९ सय ७० ग्राम सहित भारतीय नागरिक २७ वर्षीय Vishak Vijayan सोमबार राति पक्राउ परेका छन् । थाई एयरको उडानद्वारा बैंकक हुँदै नेपाल आएका उनलाई विमानस्थलको टनेल गेटमा जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।सुनसरी, धरान उपमहानगरपालिका-१३ र १६ को सिमानाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ५ ट्याब्लेट र स्पास्पेन २ सय ५ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१९ बस्ने ३३ वर्षीय सुमन राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त…
Read More
//omg10.com/4/6824010