जब कपिलवस्तुमा सशस्त्र प्रहरीको गाडीबाट स्थानीयले मल खोसे

जब कपिलवस्तुमा सशस्त्र प्रहरीको गाडीबाट स्थानीयले मल खोसे

कपिलवस्तु, जेठ ९ गते । भन्सार र सशस्त्र प्रहरीको संयुक्त टोलीले भारतीय मल पक्राउ ग¥यो । पक्राउ गरेको थाहा पाए पछि स्थानीयका भिड जम्मा भयो । मल नियन्त्रणमा लिएर भन्सार कार्यालय लैजाँदै गर्दा स्थानीयले घेरा हाले । ‘हाम्रो मल’ भन्दै सशस्त्र प्रहरीको गाडी नियन्त्रणमा लिए । नियन्त्रणमा लिएको मलको बोरा काट्दै बाटोमा छरे ।कपिलवस्तुको कृष्णनगर नगरपालिका–८, बहादुरगन्जमा सशस्त्र प्रहरीले समातेको अवैध भारतीय मल स्थानीयले खोसेर बाटोमै छरेका छन् । शुक्रवार दिउँसो ४ बजे सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको ३२ बोरा मल स्थानीयको भिडले लुटपाट गर्दै नष्ट गरेका हुन् ।सशस्त्र प्रहरी बल २८ नम्बर गणका गणपति, सशस्त्र…
कृषकको पीडा : रामघाटमा बिचौलियाले हाम्रो भन्दै भारतीय बेचे, नगरपालिका, प्रहरी प्रशासनले चासो दिएन ।

कृषकको पीडा : रामघाटमा बिचौलियाले हाम्रो भन्दै भारतीय बेचे, नगरपालिका, प्रहरी प्रशासनले चासो दिएन ।

कपिलवस्तु, जेठ ४ –कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० स्थित रामघाट, बाणगंगा नदी किनारको उर्वर भूमिमा अहिले तरबुजा उत्पादनको सिजन छ। मोतिनगर, चेतरादेई र भगवानपुरका करिब तीन दर्जन कृषकले मेहनतका साथ बगरे खेतीबाट राम्रो मात्रामा तरबुजा उत्पादन गरेका छन्। तर, बजारमा उनीहरूका उत्पादनले उचित मूल्य पाउन सकेको छैन। स्थानीय कृषकहरूका अनुसार, रामघाट क्षेत्रमा तौलिहवा आसपासका तीन व्यापारीले सडक कव्जा गर्दै आफूलाई स्थानीय भन्दै भारतीय तरबुजा बेचिरहेका छन्। ती व्यापारीहरू भारतीय तरबुजा ५० रुपैयाँ प्रतिकेजीमा विक्री गर्दै उपभोक्तालाई भ्रममा पारिरहेका छन्। यसकै कारण स्थानीय तरबुजा ३० रुपैयाँ प्रतिकेजीमा पनि बिक्री हुन नसकेको गुनासो किसानको छ। “हाम्रो तरबुजा खेतमै पाकेर बसेको छ। ताइवानी जातलगायत तीन…
चिनियाँ ठेकेदार कम्पनीलाई ९५ हजार रुपियाँ जरिवाना

चिनियाँ ठेकेदार कम्पनीलाई ९५ हजार रुपियाँ जरिवाना

नवलपुर, फागुन ५ गते । नारायणघाट–बुटबल सडक विस्तार गरिरहेको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिलाई नवलपुरको कावासोती नगरपालिकाले ९५ हजार रुपियाँ जरिवाना गरेको छ ।  कम्पनीले सडक विस्तारको नाममा जथाभावी नदीजन्य पदार्थ उत्खनन गरेको पाइएपछि नगरपालिकाले जरिवाना गरेको हो । कावासोती –१६ को पत्थर खोलामा केही दिनअघि जेसिबी र ट्रिपर प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गरेका तस्बिरहरु सार्वजनिक भएपछि नगरपालिकाले अनुगमन गरेको थियो ।  अनुगमनको क्रममा फेला परेको एउटा जेसिबी र एउटा ट्रिपरलाई कारबाही गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार ट्रिपरलाई २५ हजार रुपियाँ र जेसिबीलाई ७० हजार गरी ९५ हजार रुपियाँ…
आजको मौसम : आंशिक वर्षातकाे सम्भावना

आजको मौसम : आंशिक वर्षातकाे सम्भावना

काठमाडौँ, फागुन ५ गते । हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी, मधेश, बागमती  र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।  साथै बाँकी भू–भागमा आंशिक बदलीदेखि  मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू–भागका केही स्थानहरूमा हुस्सु-कुहिरो लागेको छ । बुलेटिनमा आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेखछ ।  कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई  स्थानमा हल्का…
गृहिणीबाट उद्यमीको यात्रा: महिलाहरूले सिके फिनाइल र हार्पिक बनाउने सीप

गृहिणीबाट उद्यमीको यात्रा: महिलाहरूले सिके फिनाइल र हार्पिक बनाउने सीप

कपिलवस्तुको शिवराज नगरपालिका-३ का महिलाहरूका लागि यो हप्ता विशेष रह्यो। उनीहरूले सात दिनसम्म फिनाइल र हार्पिक बनाउने सीप सिके, जुन भविष्यमा उनीहरूको आर्थिक आत्मनिर्भरताको आधार बन्न सक्छ। साना उद्योगमार्फत महिलाहरूलाई उत्पादनशील बनाउँदै सशक्तिकरण गर्ने लक्ष्यसहित शिवराज नगरपालिकाको आर्थिक सहयोग र मिलिजुली महिला विकास ऋण सहकारी संस्थाको आयोजनामा तालिम सम्पन्न भएको थियो। तालिम सकिएपछि सहभागी महिलाहरू उत्साहित देखिन्थे। कतिपयले आफ्नै व्यवसाय सुरु गर्ने योजना सुनाए, भने केहीले सहकारीमार्फत सामूहिक उत्पादन सुरु गर्ने सोच बनाएका छन्। सांसदको जोड: उद्यमशीलता र बजारीकरण कार्यक्रमको समापन समारोहमा लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री अर्जुन कुमार केसीले महिलाहरूको उत्पादनलाई बजारीकरण गर्दै उद्यमशीलताको ढोका खोल्नुपर्नेमा जोड दिनुभयो। उहाँले…
पाउडर प्लान्ट नहुँदा दूध व्यवसायीलाई समस्या, बर्सेनि एक अर्ब रुपैयाँको क्षति

पाउडर प्लान्ट नहुँदा दूध व्यवसायीलाई समस्या, बर्सेनि एक अर्ब रुपैयाँको क्षति

कपिलवस्तु पुस २२ गते । लुम्बिनी प्रदेशमा दूध पाउडर बनाउने प्लान्ट नहुँदा डेरी व्यवसायीले समस्या खेप्नु परेको बताएका छन् । नेपाल डेरी एसोसिएसन कपिलवस्तुको दोस्रो साधारण सभा बोल्दै एसोसिएसनका प्रदेश अध्यक्ष थानेश्वर न्यौपानेले पाउडर प्लान्ट नभएको कारण बर्सेनि एक अर्ब रुपैयाँको क्षति भएको बताउनु भएको छ ।उत्पादन भएको दूधको ठुलो परिमाण उपयोग गर्न सकिएको छैन । प्रदेशमा दैनिक करिब १.५ लाख लिटर दूध उत्पादन हुन्छ । ती मध्ये ८० हजार लिटर दैनिक उपयोग विहीन बन्ने गरेको छ । बिक्री नभएको दूधलाई चितवन, विराटनगर पठाएर पाउडर बनाउनु पर्ने बाध्यता छ । जसले गर्दा लागत अत्यधिक महँगो पर्ने हुँदा दूधको मूल्य उपभोक्ताको…
भगलापुरका भविन्द्र जसले वैदेशिक रोजगारी त्यागेर गाई पाल्नु भयो

भगलापुरका भविन्द्र जसले वैदेशिक रोजगारी त्यागेर गाई पाल्नु भयो

कपिलवस्तु चैत्र ३० गते । कपिलवस्तु बाणगंगा नगरपालिका ६ भगलापुरका झविन्द्र पौडेलले गाई पालनबाट मनग्य आम्दानी गर्नु भएको छ । वैदेशिक रोजगारी त्यागेर आधुनिक तरिकाले गाई पालन गर्नु भएको पौडेलले मासिक १ लाख बचत गर्दै आउनु भएको छ । पौडेलले वैदेशिक रोजगारीबाट बचत गरेको रकम लगानी गर्दै २०७५ सालबाट व्यवसाय सुरु गर्नु भएको थियो ।उहाँ २८ महिना कतार र ८ वर्ष कुवेतको बसाइँ त्याग गर्दै डालु पशुपालन फर्म सञ्चालन गर्नु भएको थियो । ‘धेरैले विदेशको कमाइले घर जग्गा जोडे । गाउँबाट राजमार्ग छेउमा बसाइ सरे । त्यो देखेर साथी, भाइ छिमेकीले घरजग्गा किन्न सल्लाह दिए । तर म आत्मनिर्भर हुन…