पाँचौँ बुद्धभूमि महोत्सव अन्तर्गत पहिलो मम्मी डान्स आइडियल प्रतियोगितामा रन्जिता खनाल विजेता बन्न सफल भएकी छन्। फस्ट रनरअपमा गीता कार्की, सेकेन्ड रनरअपमा कल्पना क्षेत्री र सान्त्वना उपाधिमा गंगा पौडेल घोषित भए।
विजेताले ५० हजार रुपैयाँ, फस्ट रनरअपले २५ हजार रुपैयाँ र सेकेन्ड रनरअपले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। प्रथम पुरस्कार आदर्श बोर्डिङ स्कुल, दोस्रो पुरस्कार मेलाको फिल्ड व्यवस्थापक अर्जुन क्षेत्री, र ट्रफी जनसेवा स्टेशनरी स्टोर ले सौजन्य गरेको थियो।
पुरस्कृत प्रतिभाहरूलाई सम्मान गर्दै आयोजक बुद्धभूमि उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष विष्णु पौडेल ले सबै विजेतालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

