खुट्टा गुमाएर पनि नहारेको जीवन

खुट्टा गुमाएर पनि नहारेको जीवन

म खुट्टा गुमाएको मान्छे हुँ। यो वाक्य बोल्न सजिलो छैन, तर स्वीकार गर्न सिकेपछि यसले मलाई कमजोर होइन, झन् बलियो बनायो। तिमी सोध्न सक्छौ— किन गुमायौ खुट्टा? कसरी गुमायौ? म उत्तर दिन्छु— कैँची र छुराले बारम्बार समातिएको खुट्टा हो यो। एकपटक होइन, धेरैपटक। शरीरमाथि चलाइएको चिरफार एक–एक गर्दै आशा काट्न खोज्दै थियो। काटियो। गेडियो। रेडीइसन् दिईयो । फेरि केमोथेरापी । अस्पतालका सेता भित्ताहरू मेरो संसार बने। निद्राभित्र पनि औषधिको गन्ध र पीडाको आवाज सुनिन्थ्यो। हरेक बिहान नयाँ डर बोकेर उठ्थें— आज फेरि के भन्ने हो?डरको नाम ! नाम थियो— क्यान्सर। स्पाइनल सार्कोमा। देखिँदैनथ्यो, तर विस्तारै मेरो शरीर र मन दुवैमाथि…
देउराली सामुदायिक वनको साधारण सभा,  पर्यटनलाई जोड्न ‘बुद्धबाटिका पार्क’ निर्माण योजना पारित

देउराली सामुदायिक वनको साधारण सभा, पर्यटनलाई जोड्न ‘बुद्धबाटिका पार्क’ निर्माण योजना पारित

कपिलवस्तु — बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेस्थित देउराली सामुदायिक वन उपभोक्ता समूहको १६ औँ वार्षिक साधारण सभा मंसिर २३ गते मंगलवार सम्पन्न भएको छ। सभा बुद्धभूमि उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको थियो। सभाले बुद्धबाटिका पार्क (बोटानिकल गार्डेन) निर्माण गर्ने महत्वपूर्ण निर्णय पारित गरेको छ। प्रमुख वक्ता तथा बुद्धभूमि नगरप्रमुख केशव कुमार श्रेष्ठले करिब एक दशकदेखि चर्चा हुँदै आएको पार्क निर्माण योजना यसपालि सफलतापूर्वक अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो। नगरपालिकाले पार्क निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो। कार्यक्रममा समाजसेवी पिताम्वर खनाल, फेकोफनका केन्द्रीय सदस्य बालिका बुढाथोकी, समाजसेवी ध्रुव न्यौपाने, उद्योग बाणिज्य संघका कार्यवाहक उपाध्यक्ष विष्णु पौडेल, त्रिसुली सामुदायिक वनका उपाध्यक्ष कर्णबहादुर…
पारिजातद्वारा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

पारिजातद्वारा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

नेपाल टिभि न्युज बुद्धभूमि। पारिजात पब्लिक स्कुलले कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षा २०८१ द्धभूमि नगरपालिकामा प्रथम, कपिलवस्तु जिल्लामा तेस्रो, र छात्रातर्फ जिल्लामै प्रथम भएको अवसरमा विद्यालयले बधाई, शुभकामना कार्यक्रम गर्दै विद्यार्थी सँगै शिक्षकहरुलाई समेत सम्मान गरेको हो । विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षकहरूलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विश्व खनालको अध्यक्षता भएको सम्मान कार्यक्रममा बुद्धभूमि नगरपालिकाका वडा २ का वडा सदस्य जीवलाल घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । विद्यालयकी मेधावी छात्रा शान्ता…
जन ज्योति वनमा हरियालीको उत्सव: ३ हजार बढी बिरुवा रोपिए

जन ज्योति वनमा हरियालीको उत्सव: ३ हजार बढी बिरुवा रोपिए

बुद्धभूमि, कपिलवस्तु —बुद्धभूमि नगरपालिका–३, मोर्मिमा अवस्थित जन ज्योति सामुदायिक वन उपभोक्ता समूहले साउने सक्रान्तिको अवसर पारेर बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत वन क्षेत्रभित्र ३ हजार बढी विभिन्न प्रजातिका बिरुवा रोपिएका छन्। कार्यक्रमबारे जानकारी दिँदै सामुदायिक वनका सचिव विष्णु चौधरीले भने, “गत आर्थिक वर्ष ०८१/०८२ मा कटान गरिएको क्षेत्रमा हामीले उपभोक्ताको सक्रिय सहभागितामा नयाँ बिरुवा रोपेका छौं। हरियालीको संरक्षण, तापक्रम नियन्त्रण र स्थानीय जीवनस्तर उकास्न वृक्षारोपण अत्यावश्यक छ।” उनले आगामी दिनमा अझ व्यापक रूपमा वृक्षारोपणलाई निरन्तरता दिइने प्रतिबद्धता समेत व्यक्त गरे। वनका अध्यक्ष राम दुलारे थारुले वनलाई मानव जीवनको मेरुदण्ड भन्दै संरक्षणको महत्वमा जोड दिए। उनले भने, “स्वस्थ…
बुद्धभूमि ५ का १७२ जना किसानलाई स्प्रे टंकि वितरण

बुद्धभूमि ५ का १७२ जना किसानलाई स्प्रे टंकि वितरण

नेपाल टिभि न्युज बुद्धभूमि कपिलवस्तुको बुद्धभूमि नगरपालिका ५ का १७२ जना कृषकलाई स्प्रे टंकि बितरण गरिएको छ । मंगलबार वडा अध्यक्ष रोम बहादुर थापाले कृषकहरुलाई स्प्रे टंकि वितरण गर्नुभएका हो । वडाले किसानहरुलाई सहज होस भन्ने उद्देश्यले स्प्रे टंकि विरतण गरिएको थापाले बताउनुभयो । वडाले विगतामा पनि प्रत्येक वर्ष किसानहरुका लागि विभिन्न कार्यक्रमहरु गर्ने गरेको र आगामि दिनमा पनि निरन्तर गर्ने उहाको भनाई छ । वडामा अझै पनि सिचाई मलखाद विउविजन समयमै नपाउने लगाएतका समस्याहरु रहेकोले त्यसको लागि आफुले सक्दो पहल गर्ने बताउनुभयो । साना किसान देखि ठुला किसान सम्मलाई माग भए बमोजिम वितरण गरिएको बताउनुभयो ।
कपिलवस्तुमा अचम्मको घटना : खेतमा चर्दै गर्दा एक्कासी मरे ६ वटा भैँसी

कपिलवस्तुमा अचम्मको घटना : खेतमा चर्दै गर्दा एक्कासी मरे ६ वटा भैँसी

कपिलवस्तु जेठ २० गते ।कपिलवस्तुको विजयनगर गाउँपालिका–५, नौरंगियामा घाँस चर्दै गरेका ६ वटा भैँसीको अकस्मात मृत्यु भएको छ । स्थानीय राम किशोर यादवले छिमेकी शिवनाथ यादवको खेतमा आफ्ना ७ वटा भैँसी चराउन लगेका थिए । खेतमा घाँस चर्दै गरेका बेला भैँसीहरू एक्कासी ढल्न थालेपछि बाँकी भैँसीलाई तत्काल त्यहाँबाट हटाइएको थियो ।स्थानीय समाजसेवी लोकेश थापाका अनुसार, मृत भएका भैँसी व्याउने तयारी अवस्थामा थिए । धेरै संख्यामा भैँसीको अकस्मात मृत्युको कारण अझै पुष्टि हुन सकेको छैन । इलाका प्रहरी कार्यालय गणेशपुरले घटनास्थलको निरीक्षण गरिरहेको र परीक्षण रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने हर्ष बहादुर चन्दले बताउनु भयो ।
लुम्बिनीको प्रचार–प्रसारमा सञ्चार क्षेत्र लाग्नुपर्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनीको प्रचार–प्रसारमा सञ्चार क्षेत्र लाग्नुपर्छ : मुख्यमन्त्री आचार्य

गणेश खनाल अर्घाखाँची, जेठ १७ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीको महत्त्व अन्तर्राष्ट्रियस्तरमा फैलाउन सञ्चार माध्यमहरूले महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभएको छ । शनिबार लुम्बिनीमा आयोजित टेलिभिजनहरूको प्रथम राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले ‘लुम्बिनी देवभूमि, तपोभूमि र ज्ञानभूमि भएकाले यसको गहिरो प्रचार–प्रसारमा सञ्चार क्षेत्रले अझ सक्रियता देखाउनुपर्ने बताउनुभयो । लुम्बिनी देवभूमि हो । ज्ञानभूमि हो । तपोभूमि हो । यसको महत्त्व विश्वभर फैलाउन जरुरी छ । यसका लागि सञ्चार माध्यमहरूको भूमिका महत्त्वपूर्ण रहन्छ, मुख्यमन्त्री आचार्यले भन्नुभयो, “लुम्बिनी प्रदेशको समग्र क्षेत्रको विषयमा चर्चा परिचर्चा हुन जरुरी छ । विश्वको ध्यानाकर्षण गराउन मिडिया क्षेत्रको योगदान अनिवार्य हुने भएकाले सबै…
पानी भन्दा सस्तो मूल्यमा तरकारी,न्यून मूल्यको मारले  कपिलवस्तुका कृषक निरास

पानी भन्दा सस्तो मूल्यमा तरकारी,न्यून मूल्यको मारले कपिलवस्तुका कृषक निरास

कपिलवस्तु, जेठ ११ गते । बिहान सबेरै थाकेका आँखामा सपना सजाउँदै कपिलवस्तु बुद्धभूमि नगरपालिकाका कृषक बृज मोहन केवट एक पिक अप तरकारी राखेर हाट बजार तर्फ लाग्नु भयो । भिण्डी, टमाटर, काँक्रो, बन्दा, लौका र बोडीले गाडी भरिएको थियो । हाट बजार पुगे पछि उहाँको सपना भने चकना चुर भयो । बजारमा तरकारीलाई १० रुपैयाँ किलोको भाउमा समेत बेच्न मुस्किल थियो ।   कृषक निर्मल तेली भन्नु हुन्छ, ‘ सस्तो मूल्यमा तरकारी बेच्नु परेको छ ।, बन्दा ५ रुपैयाँ केजी, काँक्रा, बोडी, भिण्डी, लौका प्रति केजी १० देखी १५ रुपैयाँ, टमाटर, सानो करेला, घिरौँला, भान्टा २० रुपैयाँ किलो । यो भन्दा…
भर्लाबास–बुटवल मार्गमा दैनिक चार इलेक्ट्रीक गाडी सञ्चालनमा

भर्लाबास–बुटवल मार्गमा दैनिक चार इलेक्ट्रीक गाडी सञ्चालनमा

कपिलवस्तु – वैशाख ४ गते ।कपिलवस्तुको बाणगंगा नगरपालिका–९ मा पहिलो पटक यात्रु बोक्ने इलेक्ट्रीक मिनी बस सेवा सुरु गरिएको छ। पाँच वर्षअघि सार्वजनिक बस सेवा बन्द भएपछि स्थानीयवासीहरू ई–रिक्सामै आउजाउ गर्न बाध्य थिए। सीमित सवारीसाधनको कारण यात्रामा असहजता हुनुका साथै मनपरी भाडा असुल्ने प्रवृत्तिले नागरिकहरू प्रभावित हुँदै आएका थिए। यस समस्यालाई सम्बोधन गर्दै पश्चिम नेपाल बस व्यवसायी प्रा.लि., बुटवलबाट इलेक्ट्रीक गाडी सञ्चालनमा ल्याइएको हो। बिहीवार एक कार्यक्रमबीच बाणगंगा–९, भर्लाबासबाट बुटवलसम्मको रुटमा इभी सेवा औपचारिक रूपमा सुरू गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री बिस्नु पन्थीले स्थानीय युवाहरूको सक्रियता र पहलमा इभी बस सञ्चालन भएकोमा प्रशंसा…
थापा परिवारबाट सर्प दंश उपचार केन्द्रलाई डेढलाख बढीको बाटर फिल्टर सहयोग

थापा परिवारबाट सर्प दंश उपचार केन्द्रलाई डेढलाख बढीको बाटर फिल्टर सहयोग

जानु पाण्डेकपिलवस्तु, वैशाख ३ गते । कपिलवस्तुको सर्प दंश उपचार केन्द्रलाई सेवाग्राहीहरूले सामग्री सहयोग गरेका छन् । केन्द्रमा उपचारपछि निको हुनु भएकी बाणगंगा नगरपालिका १, वैरियाकी यमकला थापा मगरले १ लाख ६० हजार रुपैयाँ बराबरको वाटर फिल्टर सहयोग गर्नु भएको छ ।उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीका अनुसार, यमकलाले ससुरा बलबहादुर थापा मगरको स्मृतिमा उक्त सहयोग गर्नु भएको थियो । वाटर फिल्टरको सहयोगले उपचार केन्द्रमा आउने बिरामीहरूलाई स्वच्छ पानी पिउन सहज हुनेछ । विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले यमकलाले उपचारका क्रममा पसलबाट पानी किन्नु परेको अनुभवपछि फिल्टर सहयोग गर्ने निर्णय लिएको जानकारी दिनु भयो । यमकला पालिका अध्यक्ष थापाको भाइ…