विद्यार्थीलाई न्यानो पोसाक वितरण

Advertisement

कपिलवस्तु, पुस २६ गते ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा रहेको शिवशक्ति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो पोसाक वितरण गरिएको छ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्था ठाडा शाखा कार्यालय तथा बुद्धभूमि यूथ सोसाइटीको सहयोगमा विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो पोसाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक जानका पन्थीले जानकारी दिनुभयो।

स्वावलम्बन लघुवित्त ठाडा शाखा कार्यालयका प्रबन्धक नारायण भण्डारीले ४३ जना विद्यार्थीलाई न्यानो पोसाक वितरण गर्नुभएको थियो। त्यसै गरी बुद्धभूमि यूथ सोसाइटीले बुद्धभूमि महोत्सवमा पार्किङ शुल्कबाट सङ्कलित रकममार्फत ३६ जना विद्यार्थीलाई न्यानो पोसाक वितरण गरेको सोसाइटीका अध्यक्ष शङ्कर महराले बताउनुभयो।

दुवै संस्थाबाट करिब ६० हजार रुपैयाँ बराबरको न्यानो पोसाक सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार