पहिलो मम्मी डान्स आइडियलमा रन्जिता खनाल विजेता

पहिलो मम्मी डान्स आइडियलमा रन्जिता खनाल विजेता

पाँचौँ बुद्धभूमि महोत्सव अन्तर्गत पहिलो मम्मी डान्स आइडियल प्रतियोगितामा रन्जिता खनाल विजेता बन्न सफल भएकी छन्। फस्ट रनरअपमा गीता कार्की, सेकेन्ड रनरअपमा कल्पना क्षेत्री र सान्त्वना उपाधिमा गंगा पौडेल घोषित भए। विजेताले ५० हजार रुपैयाँ, फस्ट रनरअपले २५ हजार रुपैयाँ र सेकेन्ड रनरअपले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। प्रथम पुरस्कार आदर्श बोर्डिङ स्कुल, दोस्रो पुरस्कार मेलाको फिल्ड व्यवस्थापक अर्जुन क्षेत्री, र ट्रफी जनसेवा स्टेशनरी स्टोर ले सौजन्य गरेको थियो। पुरस्कृत प्रतिभाहरूलाई सम्मान गर्दै आयोजक बुद्धभूमि उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष विष्णु पौडेल ले सबै विजेतालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
डोटीको जोरायलमा इभि हाइस दुर्घटना, एकजनाको मृत्यु र १८ जना घाइते

डोटीको जोरायलमा इभि हाइस दुर्घटना, एकजनाको मृत्यु र १८ जना घाइते

दिपायल, असोज २५ गते । डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनस्थित भिमदत्त राजमार्गमा शनिबार बिहान इभि हाइस दुर्घटना हुँदा एकजनाको मृत्यु र १८ जना घाइते भएका छन् । अछामबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख–३९५६ नम्बरको इभि हाइस बिहान करिब ५ः३५ बजेतिर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । दुर्घटनामा अछाम मङ्गलसेन नगरपालिका–९ की २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको हो । घटनामा घाइते १८ जनामध्ये आठ जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई उपचारका लागि कैलाली अत्तरियास्थित पद्मा अस्पताल पठाइएको हो । प्रहरी…
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम अधिवेशन सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम अधिवेशन सम्पन्न

बुद्धभूमि नगरपालिका–४, कपिलवस्तु ।राष्ट्रिय स्वतन्त्र पार्टी, बुद्धभूमि नगरपालिका वडा नं. ४ को प्रथम अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशन अमरराज आचार्यको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा ११ सदस्यीय कार्य समिति तथा सल्लाहकार समिति समेत गठन गरिएको छ। अधिवेशनलाई प्रदेश उपसभापति शालिकराम घिमिरेले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुभयो। कार्यक्रममा रोमाखर पाण्डेले अध्यक्षता गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विष्णु पौडेलले गर्नुभएको थियो। सभ्य र भद्र वातावरणमा सम्पन्न अधिवेशनमा २० जना नयाँ सदस्यले पार्टीप्रति एक्यबद्धता जनाउँदै सदस्यता ग्रहण गरेका छन्।
चार करोड र नौ तोला सुनसहित पक्राउ परेका ७७ वर्षीय वृद्धलाई राजस्व विभाग पठाइयो

चार करोड र नौ तोला सुनसहित पक्राउ परेका ७७ वर्षीय वृद्धलाई राजस्व विभाग पठाइयो

काठमाडौँ, भदौ १८ गते। काठमाडौँ सामाखुसीबाट चार करोड २६ लाख नगद र ९ तोला बढी सुनसहित पक्राउ परेका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई प्रहरीले अनुसन्धानका लागि आन्तरिक राजस्व विभाग हरिहर भवन पठाएको छ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार मङ्गलबार पक्राउ परेका श्रेष्ठलाई बुधबार थप अनुसन्धानका लागि राजस्व विभाग पठाइएको हो।श्रेष्ठलाई मङ्गलबार दिउँसो काठमाडौँ महानगरपालिका-२६, सामाखुशीको एक घरबाट उक्त रकम, सुन र चाँदीसहित नियन्त्रणमा लिएको थियो। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर महाराजगन्ज र प्रहरी वृत्तको संयुक्त टोलीले अवैध रकम र सुनसहित घरधनी श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।श्रेष्ठलाई पक्राउ गरेपछि प्रहरीले उनका छोरा सनम खड्गीले कोठा…
कपिलवस्तु ब्रेकिङ : यशोधरामा बम फेला

कपिलवस्तु ब्रेकिङ : यशोधरामा बम फेला

यशोधरा गाउँपालिका–१ र ६ को सिमानामा पर्ने पुलमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ । स्थानीयले वस्तु देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका छन् । प्रहरी टोली घटनास्थलमा पुगेको र अनुसन्धान भइरहेको जानकारी प्राप्त भएको छ ।
पिपरा अस्पतालमा अप्रेशनबाट ५ केजी तौलको शिशु जन्म

पिपरा अस्पतालमा अप्रेशनबाट ५ केजी तौलको शिशु जन्म

बाणगंगा, असार ४ ।बाणगंगा नगरपालिका–६ स्थित अति विपन्न गन्धर्व समुदायकी एक महिलाले यस पिपरा अस्पतालमा शल्यक्रियामार्फत ५ केजी तौलको शिशु जन्म दिएकी छन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या आइपरे पनि अस्पताल प्रशासनको पहलमा आवश्यक सेवा निःशुल्क प्रदान गरिएको थियो। अस्पतालका सम्पूर्ण कर्मचारीले मानवता देखाउँदै निशुल्क उपचारमा सहयोग गरेका थिए।शिशु र आमाको अवस्था सामान्य रहेको चिकित्सकहरूले जनाएका छन्।
आगलागीमा जलेर एक जनाको मृत्यु

आगलागीमा जलेर एक जनाको मृत्यु

     कैलाली, १९ जेठ             गौरीगंगा नगरपालिका-१० जवलपुर बस्ने ४६ वर्षीय अनिल चौधरीको कच्ची गोठको माथिल्लो तलामा गए राति आगलागी हुँदा उक्त आगलागीमा जलेर सोही गोठको माथिल्लो तलामा सुतेका अनिलको बुबा ७२ वर्षीय कुक्रु डगौरा थारूको घटनास्थलमै मृत्यु भएको छ । आगलागीबाट गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ ।             यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
वाइसिएलको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन

वाइसिएलको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको छ । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभामहलमा आयोजित सम्मेलन प्रचण्डले उद्घाटन गर्नुभएको हो ।
मेलम्ची खोलामा फस्यो भूमिमन्त्री वलराम अधिकारी सवार गाडी

मेलम्ची खोलामा फस्यो भूमिमन्त्री वलराम अधिकारी सवार गाडी

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका शेरास्थित मेलम्ची खोलाको रातो पुलमा शनिबार दिउँसो खोला तर्ने क्रममा मन्त्री अधिकारी सवार गाडी फसेको हो । उक्त गाडी केहीबेर खोलामा फसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । प्रहरीका अनुसार गाडीको उद्धार भइसकेको छ । प्रहरीले बताए अनुसार, कार्यक्रमका लागि जाने क्रममा मन्त्री अधिकारीको गाडी खोलामा फसेको थियो । अनलाईन खवरबाट साभार
सामुदायिक वनमा शव फेला

सामुदायिक वनमा शव फेला

नेपालगन्ज, जेठ १७ गते । बाँकेको कोहलपुर नगरपालिका १२ दाउनाचोकस्थित दलित सामुदायिक वनमा पुरुषको शव फेला परेको छ । सल्यान छत्रेश्वरी गाउँपालिका ६ राणा गाउँका नरनाथ योगीको शव शनिबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । शवको पहिचान नभएपछि सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भएको केही घण्टामा मृतकका आफन्त प्रहरीको सम्पर्कमा आएपछि उहाँको पहिचान खुलेका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले बताउनुभयो ।  मृत अवस्थामा फेला परेका अन्दाजी ५२ वर्षीय योगीको मृत्यु के कारणले भएको हो र उहाँ सो सामुदायीक वनमा कसरी पुग्नु भयो ? भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।