बुद्धभूमिमा सर्पदंशको दुःखद घटना, १३ वर्षीया बालिकाको मृत्यु

बुद्धभूमिमा सर्पदंशको दुःखद घटना, १३ वर्षीया बालिकाको मृत्यु

कपिलवस्तु, भदौ २२ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–७, डेरवाकी १३ वर्षीया बालिका रिन्की गुप्ताको सर्पदंशबाट मृत्यु भएको छ। विषालु गोमन सर्पले डसेपछि समयमै उपचारका लागि नल्याउँदा उहाँको मृत्यु भएको उपचार केन्द्रले जनाएको छ। सर्पले डसेपछि गुप्तालाई उपचारका लागि आइतबार राति करिब साढे ८ बजे कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा पुर्‍याइएको थियो। तर, उपचारका लागि ल्याउन ढिलाइ भएकाले उहाँको अवस्था गम्भीर बनेको र मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताउनुभयो। जिल्लामा पछिल्लो समय सर्पदंशका घटना बढ्दै गएकाले सर्पले डसेमा घरेलु उपचार तथा झारफुकमा समय नबिताई तत्काल नजिकको सर्पदंश उपचार केन्द्रमा पुर्‍याउन स्वास्थ्यकर्मीले आग्रह गर्दै आएका छन्।
Read More
बुद्धभूमिमा थप ७३० जग्गाधनीले पाए लालपुर्जा

बुद्धभूमिमा थप ७३० जग्गाधनीले पाए लालपुर्जा

कपिलवस्तु, भदौ २१ गते। बुद्धभूमि नगरपालिकाका गाउँ ब्लक जग्गाका थप ७३० जना जग्गाधनीले जग्गाधनी दर्ता प्रमाणपूर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । बुद्धभूमि नगरपालिका र नापी कार्यालय, तौलिहवा कपिलवस्तुको संयुक्त आयोजनामा आइतबार आयोजित कार्यक्रममा वडा नं. ७ का ३३८ जना र वडा नं. ८ का ३९२ जना गरी ७३० जना जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको हो । बुद्धभूमि नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष कपिलदेव तिवारीको अध्यक्षता तथा नगर प्रमुख केशवकुमार श्रेष्ठ र नापी कार्यालय तौलिहवाका नापी प्रमुख जनक भण्डारीको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।  कार्यक्रममा पूर्व जिल्ला समन्वय समिति प्रमुख तथा रास्वपा नेता नारायणप्रसाद खनाल, वडा नं. ७…
Read More
कपिलवस्तु घटना : श्रीमती माइतबाट नफर्किएपछि आक्रोशित पतिले सालामाथि छुरा प्रहार

कपिलवस्तु घटना : श्रीमती माइतबाट नफर्किएपछि आक्रोशित पतिले सालामाथि छुरा प्रहार

कपिलवस्तु, भदौ १९ गते । माइती बसेकी श्रीमती घर नफर्किएपछि कपिलवस्तुमा एक व्यक्तिले आफ्नै सालामाथि छुरा प्रहार गरेका छन् । महाराजगञ्ज नगरपालिका–२ गैडहवामा शुक्रबार बिहान करिब ११ बजेतिर कपिलवस्तु नगरपालिका–७ धरमपनियाका ३७ वर्षीय प्रदीप कोरीले आफ्नै साला १८ वर्षीय अजय कोरीमाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताउनुभयो । अजय स्थानीय राजेश अग्रहरीको चिया पसलमा भाँडा धुने तथा सरसफाइको काम गर्दै आएका थिए । माइती बसेकी श्रीमतीलाई घर फर्काउन खोज्दा विवाद भएपछि प्रदीपले अजयमाथि छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । यो पनी हेर्नुस । https://nepaltvnews.com/?p=4201 छुरा प्रहार गरेपछि…
Read More
कस्तो प्रकृया अपनाएर मृतकको शव गाडियो ?

कस्तो प्रकृया अपनाएर मृतकको शव गाडियो ?

बेवारिसे तथा पहिचान नखुलेका शव व्यवस्थापनका लागि अवलम्बन गरिएको प्रक्रिया : १. विभिन्न माध्यमबाट प्राप्त सूचनाका आधारमा तथा सुरक्षा निकायबाट खोजतलास एवं उद्धार कार्य सञ्चालन गरी नदी किनार, खोल्सा तथा अन्य स्थानबाट फेला परेका शव तथा शवका अवशेषहरू आवश्यक सावधानीपूर्वक संकलन गरिएको । २. शव फेला परेको स्थानमा आवश्यक लासजाँच मुचुल्का लगायतका कानूनी प्रक्रिया पूरा गरी शवलाई सुरक्षित रूपमा Dead Body Bag मा राखी अस्पतालको शव गृहमा सुरक्षित राखिएको । ३. Forensic Doctor को उपस्थितिमा शवलाई आवश्यकता अनुसार सफा गरी पहिचान खुल्न सक्ने गरी अगाडि, पछाडि, दायाँ, बायाँ तथा पहिचान जन्य अंग/चिन्हहरू देखिने विभिन्न कोणबाट फोटो खिची सुरक्षित राखिएको तथा…
Read More
राहतका नाममा व्यक्तिगत क्यूआरबाट रकम उठाउन खोज्ने पक्राउ

राहतका नाममा व्यक्तिगत क्यूआरबाट रकम उठाउन खोज्ने पक्राउ

राहतका नाममा व्यक्तिगत क्यूआरबाट रकम उठाउन खोज्ने पक्राउ हेटौँडा, भदौ १२ गते । रसुवा बाढीपीडितका लागि भन्दै व्यक्तिगत बैंक खाताको क्यूआर कोड सामाजिक सञ्जालमा सार्वजनिक गरी रकम सङ्कलन गर्न खोज्ने एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार व्यक्तिगत तलब खाताको क्यूआर कोडमार्फत राहत तथा सहयोग रकम उठाउन खोजेको उजुरी परेपछि ती व्यक्तिलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका व्यक्तिको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले विपद्का बेला राहतका नाममा हुने ठगीबाट सचेत रहन आग्रह…
Read More
बाढी प्रभावितका लागि राहत प्याकेज, प्रधानमन्त्रीसहित मन्त्रीको एक महिनाको तलब कोषमा

बाढी प्रभावितका लागि राहत प्याकेज, प्रधानमन्त्रीसहित मन्त्रीको एक महिनाको तलब कोषमा

काठमाडौं, भदौ १२ गते । भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सरकारले विशेष प्याकेज तयार गर्ने भएको छ । बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब–पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयसमेत सरकारले गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल–चीन सीमा रसुवागढी, भोटेकोसी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट क्षति पुगेका व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियतसहितको राहत तथा पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो । बाढी प्रभावितलाई तत्काल राहतसँगै पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले सरकारले कोषमा प्रधानमन्त्री र सबै मन्त्रीको एक महिनाको तलब…
Read More
बाढीबाट १९ पुल क्षतिग्रस्त, ४० किलोमिटर सडक अवरुद्ध

बाढीबाट १९ पुल क्षतिग्रस्त, ४० किलोमिटर सडक अवरुद्ध

काठमाडौँ, भदौ १० गते । रसुवामा चीनतर्फबाट आएको बाढीले त्रिशूली नदीमाथिका कम्तीमा १९ वटा पुलमा क्षति पुर्‍याएको छ । बाढीका कारण करिब ४० किलोमिटर सडकसमेत अवरुद्ध भएको सडक विभागले जनाएको छ । सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार बाढीबाट त्रिशूली नदीका १९ भन्दा बढी पुलमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । बाढीले सडक तथा पुलमा क्षति पुर्‍याएपछि यातायात आवागमन प्रभावित भएको छ । बुधबार बिहान चीनको सिमानाबाट आएको बाढीले रसुवा क्षेत्रमा ठूलो क्षति पुर्‍याएको हो । बाढीबाट अवरुद्ध सडक खुलाउन सडक विभागले प्रभावित क्षेत्रमा आवश्यक मेसिन तथा उपकरण परिचालन गरेको प्रवक्ता न्यौपानेले बताउनुभयो । बाढी प्रभावित क्षेत्रमा उद्धार…
Read More
सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, १ भदौ    काभ्रे, खानीखोला गाउँपालिका-१ स्याउलीथलीस्थित सडकमा बा.१८ च २४२ नम्बरको बोलेरो अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा बोलेरोमा सवार हाल नाम, थर र वतन नखुलेका २ जनाको घट्नास्थलमै मृत्यु भएको छ । कैलाली, बर्दगोरिया गाउँपालिका-४ स्थित सडकमा सु.प.प्र-०१-००१ ख ३६९५ नम्बरको ट्रकले लु.प्र-०१-०१० प ००४५ नम्बरको स्कुटरलाई सोमबार बिहान ठक्कर दिँदा स्कुटर चालक सोही गाउँपालिका-४ बस्ने ६२ वर्षीया साबित्री देवी सापकोटाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको दोधारा अस्पताल प्रालि मुडागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Read More
सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, २९ साउन काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-४ डाँछीस्थित सडकमा बा.प्र.०१-००२ ज ९५८८ नम्बरको माइक्रोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय शंखर प्रसाद कुईकेलको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शंखरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको हो । माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाही, कबिलासी नगरपालिका-१० सलेम्पुरस्थित सडकमा बीआर ०१ जेए २७०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बेलुकी दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ पिपरिया बस्ने २५ वर्षीय रामशंकर माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका नेशनल मेडिकल कलेज वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । काभ्रे, पाँचखाल नगरपालिका-४ तामाघाट…
Read More
स्कुल छेउ मै अवैध लागूऔषध, विभिन्न स्थानमा पाँच जना पक्राउ

स्कुल छेउ मै अवैध लागूऔषध, विभिन्न स्थानमा पाँच जना पक्राउ

काठमाडौं, २७ साउन                सुनसरी, इनरूवा नगरपालिका-३ देवकोटा स्कुल छेउबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ४० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-२० बस्ने ३१ वर्षीय दिपेन्द्र राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले को.२५ प ९४७६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।                चितवन, माडी नगरपालिका-३ स्थित वर्कसपबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६५ ट्याब्लेट र स्पास्मो ३३ ट्याब्लेट सहित पर्सा ठोरी गाउँपालिका-१ बस्ने २३ वर्षीय करण कुँवर समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ…
Read More
//omg10.com/4/6824010