चार एआईजीलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ्गले शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहबीच चार जना प्रहरी अधिकृतलाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ। दर्ज्यानी चिन्ह प्राप्त गर्नेहरूमा सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिक रहेका छन्। सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङ्गले एआईजीहरूका धर्मपत्नीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। आईजीपी खापुङ्गले नवपदोन्नत एआईजीहरूलाई बधाई दिँदै संगठनप्रति निष्ठा, पेशागत दक्षता र कार्यकुशलताको मूल्याङ्कनका आधारमा पदोन्नति भएको बताउनुभयो। उहाँले नयाँ जिम्मेवारीमा रहँदा अनुभव र नेतृत्वबाट संगठनको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
