विश्व मै पहिचान बनाउँदै मेड इन नेपाल ‘लाइकी कुरुस’

विश्व मै पहिचान बनाउँदै मेड इन नेपाल ‘लाइकी कुरुस’

कपिलवस्तु ।नेपालमा प्रचलित भनाई छ ‘सियो नबन्ने देश’ । सियो नबन्ने देशको रूपमा परिचय पाएको नेपालमा उत्पादन भएको निटिङ निडल्स (स्वेटर बुन्ने कुरुस) अमेरिका तथा युरोप लगायतका हुँदै विश्वका कुना कुनामा उच्च माग छ । चर्चित अनलाइन मार्केट अमेजनमा मेड इन नेपाल उल्लेख गरैको ‘लाइकी निटिङ निडल्स’ का उत्पादन ५ स्टार रयांकिङमा छन् । ४ देखी १३५ डलर मूल्य राखिएका ति उत्पादन प्रयोगकर्ताले रुचाएको प्रतिक्रिया दिएका छन् । कपिलवस्तुका युवा मिर्जा रासिद बेगले ६ वर्ष देखी उत्पादन गरेको कुरुस विश्व बजारमा प्रवेश पाएको छ । कृष्णनगर नगरपालिका ३ मा २ करोडको लागतमा खोलोको इम्बार्क इन्टरनेसनल कम्पनीले अहिले वार्षिक २० करोडको…