बुद्धभूमिमा थप ७३० जग्गाधनीले पाए लालपुर्जा
कपिलवस्तु, भदौ २१ गते। बुद्धभूमि नगरपालिकाका गाउँ ब्लक जग्गाका थप ७३० जना जग्गाधनीले जग्गाधनी दर्ता प्रमाणपूर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । बुद्धभूमि नगरपालिका र नापी कार्यालय, तौलिहवा कपिलवस्तुको संयुक्त आयोजनामा आइतबार आयोजित कार्यक्रममा वडा नं. ७ का ३३८ जना र वडा नं. ८ का ३९२ जना गरी ७३० जना जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको हो । बुद्धभूमि नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष कपिलदेव तिवारीको अध्यक्षता तथा नगर प्रमुख केशवकुमार श्रेष्ठ र नापी कार्यालय तौलिहवाका नापी प्रमुख जनक भण्डारीको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पूर्व जिल्ला समन्वय समिति प्रमुख तथा रास्वपा नेता नारायणप्रसाद खनाल, वडा नं. ७…
