कपिलवस्तु । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–७ धरमपनिया स्थित तौलिहवा–भैरहवा सडकखण्डमा तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोक्किँदा तीनै जना घाइते भएका छन्।
धरमपनियाबाट तौलिहवातर्फ जाँदै गरेको लु १५ प ७३७० नम्बरको १५० सिसी पल्सर मोटरसाइकल दुर्घटनामा परेको हो। घाइतेहरूलाई उपचारका लागि भैरहवा पठाइएको प्रहरीले जनाएको छ।

