पारिजातद्वारा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान
नेपाल टिभि न्युज बुद्धभूमि। पारिजात पब्लिक स्कुलले कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षा २०८१ द्धभूमि नगरपालिकामा प्रथम, कपिलवस्तु जिल्लामा तेस्रो, र छात्रातर्फ जिल्लामै प्रथम भएको अवसरमा विद्यालयले बधाई, शुभकामना कार्यक्रम गर्दै विद्यार्थी सँगै शिक्षकहरुलाई समेत सम्मान गरेको हो । विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षकहरूलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विश्व खनालको अध्यक्षता भएको सम्मान कार्यक्रममा बुद्धभूमि नगरपालिकाका वडा २ का वडा सदस्य जीवलाल घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । विद्यालयकी मेधावी छात्रा शान्ता…
