खुट्टा गुमाएर पनि नहारेको जीवन
म खुट्टा गुमाएको मान्छे हुँ। यो वाक्य बोल्न सजिलो छैन, तर स्वीकार गर्न सिकेपछि यसले मलाई कमजोर होइन, झन् बलियो बनायो। तिमी सोध्न सक्छौ— किन गुमायौ खुट्टा? कसरी गुमायौ? म उत्तर दिन्छु— कैँची र छुराले बारम्बार समातिएको खुट्टा हो यो। एकपटक होइन, धेरैपटक। शरीरमाथि चलाइएको चिरफार एक–एक गर्दै आशा काट्न खोज्दै थियो। काटियो। गेडियो। रेडीइसन् दिईयो । फेरि केमोथेरापी । अस्पतालका सेता भित्ताहरू मेरो संसार बने। निद्राभित्र पनि औषधिको गन्ध र पीडाको आवाज सुनिन्थ्यो। हरेक बिहान नयाँ डर बोकेर उठ्थें— आज फेरि के भन्ने हो?डरको नाम ! नाम थियो— क्यान्सर। स्पाइनल सार्कोमा। देखिँदैनथ्यो, तर विस्तारै मेरो शरीर र मन दुवैमाथि…
