पारिजात पब्लिक स्कुलको उत्कृष्टता: कक्षा १२ मा बुद्धभूमिमा प्रथम, जिल्लामै तेस्रो

पारिजात पब्लिक स्कुलको उत्कृष्टता: कक्षा १२ मा बुद्धभूमिमा प्रथम, जिल्लामै तेस्रो

नेपाल टिभि न्युजकपिलवस्तु,छोटो समयमै उल्लेखनीय शैक्षिक उचाइ हासिल गर्दै आएको बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेमा अवस्थित पारिजात पब्लिक स्कुलले यस वर्षको कक्षा १२ को परीक्षामा अभूतपूर्व सफलता प्राप्त गर्दै पुनः एकपटक आफ्नो उत्कृष्टता प्रमाणित गरेको छ। विद्यालयकी मेधावी छात्रा शान्ता बेल्बासेले ३.७८ GPA ल्याउँदै बुद्धभूमि नगरपालिकामा प्रथम, कपिलवस्तु जिल्लामा तेस्रो, र छात्रातर्फ जिल्लामै प्रथम स्थान हासिल गरेकी छिन्। उनको यो सफलता विद्यालयको शैक्षिक प्रतिबद्धता, गुणस्तरीय शिक्षण पद्धति र विद्यार्थी–शिक्षकको सहकार्यको प्रतिफल रहेको विद्यालय प्रसाशनले जनाएको छ। विद्यालयका अनुसार यस वर्षको परीक्षामा सहभागी अधिकांश विद्यार्थीले उच्च GPA ल्याएका छन्। प्रिन्सिपल राजेन्द्र पिसीका अनुसार: ३.६–४.० GPA: ३ जना ३.२–३.६ GPA: २० जना २.८–३.२ GPA:…
बुद्धभूमि उद्योग बाणिज्य संघको ५ औ साधारण सभा सम्पन्न

बुद्धभूमि उद्योग बाणिज्य संघको ५ औ साधारण सभा सम्पन्न

नेपाल टिभि न्युज बुद्धभूमि। बुद्धभूमि उद्योग बाणिज्य संघको ५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार संघको सभाहल गोरुसिंगेमा कार्यक्रम सम्पन्न भएको हो। सभाका प्रमुख अतिथि बुद्धभूमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले निजी क्षेत्रलाई बढि प्रोत्साहित गर्दै सामाजिक विकास तथा सार्वजनिक हितमा गरिने रचनात्मक काममा सहयोग पु¥याउने भएकाले अबको दुनिया आर्थिक क्रान्तिको हुने बताए । उनले जिल्लालाई उद्योग व्यवसायसँगै प्रचुर सम्भावना बोकेको ऐतिहासिक सम्पदाको संरक्षण, विकास र हकहितमा काम हुन्छ भनेर जनताले अपेक्षा गरेका बताए ।कार्यक्रममा त्रीशुली सामुदायिक वनका अध्यक्ष निल कुमार श्रेष्ठ, संघका सल्लाहकार माधव दमासे, समाजसेवी विष्णुहरी शर्मा लगायतले व्यवसायिहरुको भावना र आवश्यकतालाई सम्मान र सम्बोधन…
आजको मौसम : आंशिक वर्षातकाे सम्भावना

आजको मौसम : आंशिक वर्षातकाे सम्भावना

काठमाडौँ, फागुन ५ गते । हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी, मधेश, बागमती  र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।  साथै बाँकी भू–भागमा आंशिक बदलीदेखि  मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू–भागका केही स्थानहरूमा हुस्सु-कुहिरो लागेको छ । बुलेटिनमा आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेखछ ।  कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई  स्थानमा हल्का…
२१ वर्षका युवकले गरे आमाको हत्या

२१ वर्षका युवकले गरे आमाको हत्या

बुटवल, फागुन २ गते । रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका वडा नंं १ सुन्दरनगरस्थित रातो डाँडामा २१ वर्षीय युवक सरोज परियारले आफ्नै आमा अन्दाजी ४६ वर्षीया पार्वती परियारको हत्या गरेका छन् ।  इलाका प्रहरी कार्यालय बुटवलका अनुसार आमाको हत्या गरेपछि सरोजले स्थानीय छिमेकीसँग आमाको आँखा फुटालेको बताएका थिए । छिमेकीका अनुसार सरोज पहिलेदेखि नै आपराधिक गतिविधिमा संलग्न रहेको र प्रहरीले समेत उनलाई पटक पटक पक्राउ गर्दै छोडदै आएको थियो ।  स्थानीय छिमेकीहरुले समेत सरोजबाट आफूहरू सुरक्षित नरहेको महसुस बेलाबेलामा गर्दै आएको सुनाएका छन् । इलाका प्रहरी कार्यालय रुद्रपुरले घटनास्थलमा पुगेर हत्याको मुचुल्का तयार गरी स्थानीयसँग घटनाको विषयमा सोधपुछ गरेको थियो । स्थानीय बासिन्दाले सरोज…
बुद्धभूमि महोत्सव १६ गते आइतबार धोकेबाज गायिका एलिना चौहान आउदै

बुद्धभूमि महोत्सव १६ गते आइतबार धोकेबाज गायिका एलिना चौहान आउदै

चौथो बुद्धभूमि महोत्सवमा १६ गते आइताबार चर्चित गायिका एलिना चौहानको प्रस्तुती रहने छ। एलिना संगै ख्याती प्राप्त चचित थारु कलाकार श्रीनिवास थारु, लोक तथा दोहोरि गायिका तारा थापा, हास्यव्यंग्य कलाकार माइला बा, गायक तथा उद्घोषक ढाकाराम पौडेल र कपिलवस्तु कला केन्द्रको प्रस्तुति रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ। मंसिर ६ देखि १७ सम्म महोत्सव संचालन हुदै छ।
बुद्धभूमि महोत्सव १५ गते सनिबार चर्चित गायिका प्रिती आले आउदै

बुद्धभूमि महोत्सव १५ गते सनिबार चर्चित गायिका प्रिती आले आउदै

चौथो बुद्धभूमि महोत्सवमा १५ गते सनिबार चर्चित गायिका प्रिती आले, थारु गायक सानु थारु, गायक सुशील आचार्य,गायिका विष्णु श्रीपाली, गायक तथा उद्घोषक ढाकाराम पौडेल र कपिलवस्तु कला केन्द्रको प्रस्तुति रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ। मंसिर ६ देखि १७ सम्म महोत्सव संचालन हुदै छ।
चौथो बुद्धभूमि महोत्सवको आठौ दिन ८ हजार बढीले गरे अवलोकन, आज राज कुस्मी र पुस्कल शर्मा आउदै

चौथो बुद्धभूमि महोत्सवको आठौ दिन ८ हजार बढीले गरे अवलोकन, आज राज कुस्मी र पुस्कल शर्मा आउदै

कपिलवस्तुको गोरुसिङ्गेमा चौथो बुद्धभूमि महोत्सव जारी छ । महोत्सवको छैठौ दिन ८ हजार बढि दर्शकले अवलोकन गरेको आयोजक उद्योग बाणिज्य संघ बुद्धभूमिले जनाएको छ।कृषि व्यापारिक, साँस्कृतिक, पर्यटन तथा आद्यौगिक प्रदर्शनीको पहिलो दिन बाटै दर्शकको राम्रो साथ पाएको संघका अध्यक्ष शुभलाल भुसालले बताए। साथैमहोत्सवमा पहिलो बुद्धभूमि कपिलवस्तु डान्सिङ स्टार सञ्चालन भैरहेको छ । जस अन्तर्रगत शुक्रबार टप ७ को प्रतिस्पर्धा हुने छ।बिहिबार चर्चित गायक प्रकाश दुताराज, थारु गायिका सोनु कुश्मी,शोभा त्रीपाठि, लोक दोहोरी गायक विमल वि सी, गायिकादुर्गा क्षेत्री, डान्सर श्रीष्टी पौडेल, रानी परियार लगायतकाले दर्शकहरूलाई छमछमि नचाउँदै मनोरन्जन प्रदान गरेका थिए । शुक्रबार चर्चित थारु गायक राज कुश्मी, गायक पुस्कल…
चौथो बुद्धभूमि महोत्सवको चौथो दिन ४ हजार बढीले गरे अवलोकन

चौथो बुद्धभूमि महोत्सवको चौथो दिन ४ हजार बढीले गरे अवलोकन

कपिलवस्तुको गोरुसिङ्गेमा चौथो बुद्धभूमि महोत्सव जारी छ । महोत्सवको चौथो दिन ४ हजार बढि दर्शकले अवलोकन गरेको आयोजक उद्योग बाणिज्य संघ बुद्धभूमिले जनाएको छ।कृषि व्यापारिक, साँस्कृतिक, पर्यटन तथा आद्यौगिक प्रदर्शनीको पहिलो दिन बाटै दर्शकको राम्रो साथ पाएको संघका अध्यक्ष शुभलाल भुसालले बताए। साथैमहोत्सवमा पहिलो बुद्धभूमि कपिलवस्तु डान्सिङ स्टार सञ्चालन भैरहेको छ । जस अन्तर्रगत सोमबार टप १३ को प्रतिस्पर्धा हुने छ। टप १३ बाट भोटिङ्ग राउण्ड सुरु भए संगै आज ४ प्रतिस्पर्धी बाहिरिने डान्सिङ्ग स्टार संयोजक लक्ष्मण न्यौपानेले बताए।आइतबार राष्ट्रिय चर्चित गायीका बिन्दु परियार, रिता शाही, दिपक भण्डारी र थारु गायक रंजित थारु लगायतले दर्शकहरूलाई छमछमि नचाउँदै मनोरन्जन प्रदान गरेका…
बुद्धभूमि महोत्सव १० गते सोमबार अन्जु कुस्मी लगायतका कलाकारको प्रस्तुति रहने

बुद्धभूमि महोत्सव १० गते सोमबार अन्जु कुस्मी लगायतका कलाकारको प्रस्तुति रहने

चौथो बुद्धभूमि महोत्सवमा १० गते सोमबार थारु चर्तित गायिका एवम मोडल अन्जु कुस्मी, लोक दोहोरि गायक बिक्रम परियार, शिव खनाल, गायिका सम्झना रणपाल, थारु गायक रंजित थारु लगायतका कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ। मंसिर ६ देखि १७ सम्म महोत्सव संचालन हुदै छ।
बुद्धभूमि महोत्सव ९ गते आइतबार बिन्दु परियार, शिलु भट्टराई लगायतका कलाकारको प्रस्तुति रहने

बुद्धभूमि महोत्सव ९ गते आइतबार बिन्दु परियार, शिलु भट्टराई लगायतका कलाकारको प्रस्तुति रहने

चौथो बुद्धभूमि महोत्सवमा ९ गते आइतबार बिन्दु परियार, शिलु भट्टराई, दिपक भण्डारी, सी फिन लगायतका कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ। मंसिर ६ देखि १७ सम्म महोत्सव संचालन हुदै छ।