गोरुसिंगे प्रहरीले समायो मिस्कट चोर्ने तीन टिप्पर

गोरुसिंगे प्रहरीले समायो मिस्कट चोर्ने तीन टिप्पर

कपिलवस्तु, साउन २० गते । कपिलवस्तुमा अवैध रूपमा नदीजन्य पदार्थ ढुवानी गरिरहेका तीन वटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक बाबुराम बस्नेतको कमान्डमा खटिएको प्रहरी टोलीले बुद्धभूमि नगरपालिका–१ बिरपुरस्थित वन क्षेत्रको भित्री सडक खण्डमा निगरानीका क्रममा ती टिप्परलाई नियन्त्रणमा लिएको हो ।बुधवार दिउँसो गरिएको निगरानीका क्रममा लु १ क ४८७७, लु १ क ५५८४ र लु १ क ४६०१ नम्बरका टिप्परमा अवैध रूपमा मिस्कट ढुवानी भइरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो ।प्रहरीले नियन्त्रणमा लिएका टिप्परलाई आवश्यक कारबाहीका लागि बुद्धभूमि नगरपालिका नगर कार्यपालिकाको…
Read More
जेलबाट छोरालाई छुटाइदिने भन्दै पाँच लाख ६२ हजार असुले, कपिलवस्तुमा पक्राउ

जेलबाट छोरालाई छुटाइदिने भन्दै पाँच लाख ६२ हजार असुले, कपिलवस्तुमा पक्राउ

कपिलवस्तु, साउन १९ गते। ‘जेलबाट तपाईंको छोरालाई छुटाइदिन्छु, अदालत र प्रहरीमा मेरो पहुँच छ।’ यही आश्वासन दिएर एक व्यक्तिबाट पाँच लाख ६२ हजार रुपैयाँ असुलेको आरोपमा कपिलवस्तु प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शिवराज नगरपालिका–५ बालानगर निवासी ३६ वर्षीय जग्गु तेली रहेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बाणगंगा नगरपालिका–४ गजेहडा निवासी ६५ वर्षीय अब्दुल मोविन मुसलमानका छोरा अकबर अली सवारी ज्यानसम्बन्धी कसुर मुद्दामा कारागार कार्यालय तौलिहवामा रहेका थिए। सोही अवस्थाको फाइदा उठाउँदै तेलीले विभिन्न सरकारी निकायमा आफ्नो पहुँच रहेको दाबी गर्दै मुद्दा मिलाइदिने र जेलबाट छुटाइदिने प्रलोभन देखाएका थिए। प्रहरीका अनुसार उनले विभिन्न मितिमा पटक–पटक गरी पाँच…
Read More
खोला बगायो ११ वर्षीय छोरा, छोराको वियोग सहन नसकेर आमाले पनि रोजिन् मृत्यु

खोला बगायो ११ वर्षीय छोरा, छोराको वियोग सहन नसकेर आमाले पनि रोजिन् मृत्यु

इलाम, साउन १९ गते। बिहान विद्यालय गएका ११ वर्षीय छोरा साँझ घर फर्किएनन्। उर्लिएको खोलाले उनलाई सधैंका लागि खोस्यो। छोराको मृत्युको पीडा सहन नसकेकी आमाले केही घण्टामै आफ्नै जीवन अन्त्य गरिन्। इलामको माईजोगमाई गाउँपालिका–२ मा सोमबार भएको यो घटनाले एउटा परिवार मात्र होइन, सिंगो गाउँलाई शोकमा डुबाएको छ। स्थानीय बजुर खोलाले विद्यालयबाट घर फर्कने क्रममा ११ वर्षीय आहान खत्रीलाई बगाएको थियो। आहानको मृत्यु भएपछि उहाँकी आमा ३५ वर्षीया अमृता लाप्चा खत्री बेपत्ता हुनुभएको थियो। खोजी गर्ने क्रममा उहाँलाई घरदेखि करिब १०० मिटर पश्चिमतर्फ रहेको निवराको रुखमा प्लास्टिकको डोरीको पासो लगाएको अवस्थामा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी…
Read More
स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

जलेश्वर, साउन १९ गते। महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। मंगलबार बिहान करिब ७:३० बजे मोर्डन शारदा शिक्षा सदन बोर्डिङ स्कुलको बा १ क ६१२९ नम्बरको बस इमली बजारबाट गौशालातर्फ जाँदै गर्दा अनियन्त्रित भई उखुबारीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। दुर्घटनामा चालक विजय भुजेलसहित पाँच जना विद्यार्थी घाइते भएका छन्। अधिकांश घाइतेको खुट्टा, नाक र कम्मरमा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेमध्ये दुई जनालाई बीके अस्पताल गौशालामा उपचारका लागि पठाइएको छ भने अन्य चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेको उद्धार गरी…
Read More
एकपटक रुप्से पुग्न मन लाग्ने बनाउँछ यसको प्राकृतिक सौन्दर्य

एकपटक रुप्से पुग्न मन लाग्ने बनाउँछ यसको प्राकृतिक सौन्दर्य

म्याग्दी । नेपालका प्राकृतिक सम्पदामध्ये रुप्से झरना यस्तो गन्तव्य हो, जहाँ पुगेपछि फेरि–फेरि जान मन लाग्छ। तल कालीगण्डकी नदीले बनाएको गहिरो गल्छी, माथि अग्लो भीरबाट गर्जिंदै झर्ने झरना र वरिपरिको हरियालीले रुप्सेको सौन्दर्यलाई अनुपम बनाएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको रुप्से झरना कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ जाने पर्यटकका लागि प्रमुख आकर्षण बनेको छ। सडकछेउमै रहेको झरनाको मनोरम दृश्यले यात्रुलाई केहीबेर रोकिएर प्रकृतिको आनन्द लिन बाध्य बनाउँछ। मनसुनका कारण अहिले झरनाको बहाव निकै बढेको छ। भीरबाट ठूलो गर्जनसहित खस्ने पानी, झरनाबाट उड्ने पानीका छिटा र कालीगण्डकी गल्छीको मनमोहक दृश्यले रुप्सेलाई झनै आकर्षक बनाएको छ। यहाँ पुगेका धेरै पर्यटकले…
Read More
कपिलवस्तुमा तीन जना सवार मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

कपिलवस्तुमा तीन जना सवार मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

कपिलवस्तुमा तीन जना सवार मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु कपिलवस्तु, साउन १८ गते । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। आइतबार अपराह्न करिब ४:३० बजे शिवपुराबाट जगदीशपुरतर्फ जाँदै गरेको लु प्र ०१–००३ प १५६१ नम्बरको मोटरसाइकल भित्री सडकखण्डमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार कपिलवस्तु नगरपालिका–६ गोबरी निवासी २५ वर्षीय मुरेली यादव गम्भीर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि कपिलवस्तु अस्पताल तौलिहवा लगिएकोमा चिकित्सकले साँझ ५:३५ बजे मृत घोषणा गरेका हुन्। दुर्घटनामा सोही स्थानका २९ वर्षीय प्रतिक जैसवाल…
Read More
आयुर्वेदिक महत्त्व बोकेको बिजयसाल काठको गिलासको व्यावसायिक उत्पादन सुरु

आयुर्वेदिक महत्त्व बोकेको बिजयसाल काठको गिलासको व्यावसायिक उत्पादन सुरु

कपिलवस्तु, साउन १८ गते । कपिलवस्तुमा आयुर्वेदिक महत्त्व बोकेको बिजयसाल (विजयसार) काठबाट निर्मित हस्त निर्मित गिलासको व्यावसायिक उत्पादन सुरु गरिएको छ । कपिलवस्तु नगरपालिका–४ तौलिहवास्थित बिन्धबासिनी काष्ठ उद्योगले प्राकृतिक बिजयसाल (Pterocarpus marsupium) काठबाट हस्त निर्मित गिलास उत्पादन गरी बजारमा ल्याएको जनाएको छ । नेपाली परम्परा, प्राकृतिक जीवनशैली र स्थानीय हस्तकलालाई प्रवद्र्धन गर्ने उद्देश्यले गिलास उत्पादन सुरु गरिएको हो । नेपाली दक्ष कारिगरद्वारा तयार गरिएका यी गिलास घरायसी प्रयोग, कार्यालय तथा उपहारका रूपमा समेत प्रयोग गर्न सकिने उत्पादक तथा वन क्याम्पस पोखराका स्ववियु सभापति अभिषेक शर्माले बताउनु भयो ।आयुर्वेदमा बिजयसार काठको विशेष महत्त्व रहेको उल्लेख पाइन्छ । आयुर्वेदिक अभ्यास अनुसार बिजयसालको…
Read More
गुर्डुङ खोलामा डुबेर मृत्यु हुने ८० वर्षीया महिला को हुन् ?

गुर्डुङ खोलामा डुबेर मृत्यु हुने ८० वर्षीया महिला को हुन् ?

जानु पाण्डेकपिलवस्तु, असार ४ गते। कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ स्थित गुर्डुङ खोलामा मृत अवस्थामा फेला परेकी महिला बुद्धभूमि नगरपालिका–४ भगिरामपुर निवासी ८० वर्षीया रुपासेन वली रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार वली केही समयदेखि आफ्नी छोरी जमुना केसीको घरमा बस्दै आएकी थिइन्। बिहीबार बिहान उनी कसैलाई जानकारी नदिई घरबाट निस्किएकी थिइन्। स्थानीयवासीले गुर्डुङ खोलामा एक महिला मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट प्रहरी निरीक्षक बाबुराम बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलमा मृतकको कपडा र झोला पुलको छेउमा रहेको फलामको पोलमा राखिएको अवस्थामा फेला पारेको जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा उनी…
Read More
लामिछाने बने एमाले लुम्बिनी प्रदेश सभाका सचेतक

लामिछाने बने एमाले लुम्बिनी प्रदेश सभाका सचेतक

कपिलवस्तु, जेठ २५ गते । नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलले प्रदेश सभा सदस्य नवराज लामिछाने लाई सचेतकमा नियुक्त गरेको छ। संसदीय दलका नेता तथा चेतनारायण आचार्य ले एमाले लुम्बिनी प्रदेश सभाको विधानअनुसार प्रमुख सचेतकमा रोका मगर र सचेतकमा नवराज लामिछानेलाई नियुक्त गरेका हुन्। मुख्यमन्त्री आचार्यका अनुसार उक्त नियुक्ति सोमबारदेखि लागू हुने गरी गरिएको हो। लामिछाने कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। संसदीय दलभित्रको समन्वय, सदस्यहरूको उपस्थितिको व्यवस्थापन तथा दलको निर्णय कार्यान्वयनमा सचेतकको महत्वपूर्ण भूमिका रहने गर्दछ।
Read More
एसईई उत्कृष्टलाई सम्मान गर्दै सोसियल

एसईई उत्कृष्टलाई सम्मान गर्दै सोसियल

कपिलवस्तु, । बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा रहेको सोसियल इंग्लिस बोर्डिङ स्कुल बुद्धभूमि–२ गोरुसिङ्गे कपिलवस्तु ले एसईई २०८२ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा उत्कृष्ट जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मानपत्र, खादा तथा मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको हो । कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो । यस वर्ष विद्यालयले बुद्धभूमि नगरपालिकामै उत्कृष्ट नतिजा ल्याउँदै प्रथम स्थान हासिल गरेको थियो । विद्यालयबाट एसईई परीक्षामा सहभागी ५८ जना विद्यार्थीमध्ये ९६.५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयका अनुसार ३.६ देखि ४ जीपीए ल्याउने ११ जना तथा ३.२ देखि ३.६ जीपीए ल्याउने २० जना…
Read More
//uplcm.com/4/6824010