लामिछाने बने एमाले लुम्बिनी प्रदेश सभाका सचेतक

Advertisement

कपिलवस्तु, जेठ २५ गते । नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलले प्रदेश सभा सदस्य नवराज लामिछाने लाई सचेतकमा नियुक्त गरेको छ।

संसदीय दलका नेता तथा चेतनारायण आचार्य ले एमाले लुम्बिनी प्रदेश सभाको विधानअनुसार प्रमुख सचेतकमा रोका मगर र सचेतकमा नवराज लामिछानेलाई नियुक्त गरेका हुन्।

मुख्यमन्त्री आचार्यका अनुसार उक्त नियुक्ति सोमबारदेखि लागू हुने गरी गरिएको हो। लामिछाने कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।

संसदीय दलभित्रको समन्वय, सदस्यहरूको उपस्थितिको व्यवस्थापन तथा दलको निर्णय कार्यान्वयनमा सचेतकको महत्वपूर्ण भूमिका रहने गर्दछ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार