गोरुसिंगे प्रहरीले समायो मिस्कट चोर्ने तीन टिप्पर

Advertisement


कपिलवस्तु, साउन २० गते । कपिलवस्तुमा अवैध रूपमा नदीजन्य पदार्थ ढुवानी गरिरहेका तीन वटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक बाबुराम बस्नेतको कमान्डमा खटिएको प्रहरी टोलीले बुद्धभूमि नगरपालिका–१ बिरपुरस्थित वन क्षेत्रको भित्री सडक खण्डमा निगरानीका क्रममा ती टिप्परलाई नियन्त्रणमा लिएको हो ।
बुधवार दिउँसो गरिएको निगरानीका क्रममा लु १ क ४८७७, लु १ क ५५८४ र लु १ क ४६०१ नम्बरका टिप्परमा अवैध रूपमा मिस्कट ढुवानी भइरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो ।
प्रहरीले नियन्त्रणमा लिएका टिप्परलाई आवश्यक कारबाहीका लागि बुद्धभूमि नगरपालिका नगर कार्यपालिकाको कार्यालय पठाएको जनाएको छ । नगरपालिकाले प्रति टिप्पर ४० हजार रुपैयाँका दरले कुल १ लाख २० हजार रुपैयाँ जरिवाना गरेको छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार