कपिलवस्तु, ।
बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा रहेको सोसियल इंग्लिस बोर्डिङ स्कुल बुद्धभूमि–२ गोरुसिङ्गे कपिलवस्तु ले एसईई २०८२ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा उत्कृष्ट जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मानपत्र, खादा तथा मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको हो । कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
यस वर्ष विद्यालयले बुद्धभूमि नगरपालिकामै उत्कृष्ट नतिजा ल्याउँदै प्रथम स्थान हासिल गरेको थियो । विद्यालयबाट एसईई परीक्षामा सहभागी ५८ जना विद्यार्थीमध्ये ९६.५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
विद्यालयका अनुसार ३.६ देखि ४ जीपीए ल्याउने ११ जना तथा ३.२ देखि ३.६ जीपीए ल्याउने २० जना विद्यार्थी रहेका छन् । विद्यालयकी छात्रा Latisha Shrestha ले ३.९५ जीपीए प्राप्त गर्दै नगरपालिकाभित्र प्रथम स्थान हासिल गरेकी छन् । उनलाई कार्यक्रममा विशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल Ramesh Gautam ले विद्यार्थीको मेहनत, शिक्षकहरूको समर्पण तथा अभिभावकको सहयोगका कारण विद्यालयले उत्कृष्ट सफलता हासिल गरेको बताउनुभयो । उहाँले आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा विद्यालय प्रतिबद्ध रहने उल्लेख गर्नुभयो ।
कार्यक्रममा विद्यालयका अध्यक्ष विष्णु प्रसाद पौडेलले विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ मेहनत गर्दै उज्ज्वल भविष्य निर्माण गर्न प्रेरित गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयको शैक्षिक वातावरण, अनुशासन र नतिजाप्रति खुसी व्यक्त गरेका थिए ।

