जलेश्वर, साउन १९ गते। महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।
मंगलबार बिहान करिब ७:३० बजे मोर्डन शारदा शिक्षा सदन बोर्डिङ स्कुलको बा १ क ६१२९ नम्बरको बस इमली बजारबाट गौशालातर्फ जाँदै गर्दा अनियन्त्रित भई उखुबारीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
दुर्घटनामा चालक विजय भुजेलसहित पाँच जना विद्यार्थी घाइते भएका छन्। अधिकांश घाइतेको खुट्टा, नाक र कम्मरमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये दुई जनालाई बीके अस्पताल गौशालामा उपचारका लागि पठाइएको छ भने अन्य चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेको उद्धार गरी अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ।

