नेशनल लघुवित्तद्वारा बेमौसमी तरकारी खेती तालिम सम्पन्न
कपिलवस्तु। नेशनल लघुवित्तको कपिलवस्तुको पत्थरकोट शाखाले आफ्ना ग्राहक सदस्यहरुलाई बेमौसमी तरकारी खेतीको तालिम प्रदान गरेको छ । लघुवित्तले जेठ २७ गते देखि २८ गतेसम्म २ दिने तालिम संचालन गरेको हो । लघुवित्तका अनुसार तालिममा व्यवसाय उन्मुख ४० जना सदस्य तथा कृषिमा आवद्द गैर सदस्यहरुको सहभागी थियो । तालिम उद्धाटन गर्दै बुद्धभूमि नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तेज बहादुर बस्नेतले तालिम बाट सिकेका कुराहरुबाट कृषि उत्पादन वृद्धिमा टेवा पु¥याई आत्मनिर्भर र व्यवसायिकता तर्फ उन्मुख हुन सहभागी प्रशिक्षार्थिलाई हौसला प्रदान गरेका थिए । बुद्धभूमि नगरपालिका वडा नं १ को प्राविधिक सहयोगमा कार्यक्रम संचालन भएको हो। संस्थाले ग्राहक सदस्यहरुलाई वित्तीय सेवाहरुका…
