कपिलवस्तु जेठ २९ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ४ झडुलामाईमा यात्रु बाहक बस पिकअप ठोकिँदा १ जनाको मृत्यु भएको छ । मंगलवार बिहान ५ः३० बजे काठमाण्डौँबाट सुर्खेत जाँदै गरेको क.प्र. ०२–००१ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिक अप एक आपसमा ठक्कर खाएका थिए । घटनामा परी पिकअप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटना स्थलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनिस भण्डारीले बताउनु भयो ।
ठक्कर पछि पिकअपमा च्यापिएका बढईको २ घण्टा पछी उद्धार गरिएको थियो । घाइतेहरु लाई उपचारको लागि बुटवल पठाइएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक विर बहादुर सुनारले बताउनु भयो ।

