राजमार्गका होटेलमा छड्के अनुगमन, कैफियत देखिएका ३ होटेललाई जरिमाना

Advertisement



कपिलवस्तु जेष्ठ ५ गते । कपिलवस्तुमा राजमार्ग क्षेत्रका होटेलमा छड्के अनुगमन गरिएको छ । बस यात्रुलाई लक्षित गरी सञ्चालन गरिएका बुद्धभूमि नगरपालिकाका होटेलमा सरसफाइ, खाना खाजाको गुणस्तर, मूल्य सूचि उपभोग्य बस्तुको म्याद लगायतको अनुगमन गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, खाद्य तथा गुण नियन्त्रक कार्यालय कपिलवस्तु, घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तु र प्रहरी सहितको संयुक्त टोलीले होटेलका अनुगमन गरिएको थियो । अनुगमनका क्रममा कैफियत देखिएका बस यात्रुलाई खाना खुवाउने होटेललाई जरिमाना गरिएको थियो । बासी सडे गलेका खाना फेला परेका, सरसफाइमा ध्यान नदिएका, खाना नढाकी फ्रिजमा राखिएको फेला परेका होटेललाई पहिलो पटक ५ हजारका दरले जरिमाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताउनु भयो ।
अनुगमनका क्रममा सामान्य त्रुटि भएका होटेललाई सुझाव दिएर त्रुटि सच्चाउन आग्रह गरिएको खाद्य तथा गुण नियन्त्रक कार्यालय कपिलवस्तुका प्रमुख शङ्कर दाहालले बताउनु भयो । राजमार्ग क्षेत्रमा सञ्चालनमा रहेका होटेलमा उपभोक्ताको धेरै गुनासो आउने भएकोले छड्के अनुगमन गरिएको बताइएको छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार