त्रिशूली सामुदायिक वन द्वारा युवा युवतीलाई नि शुक्ल कम्प्युटर तालिम

Advertisement

 

नेपाल टिभी न्युज बुद्धभूमि,

कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेको त्रिशूली सामुदायिक वनले ६५ जना युवाहरूलाई निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्ने भएको छ ।  त्रिशूली सामुदायिक वनले एक कार्यक्रम गरी  निःशुल्क कम्प्युटर शिक्षाको सुरुवात गरेको छ। 

माउन्ट एभरेस्ट इञ्चिचियुटको प्राविधिक सहयोगमा १९ जना बेसिक र ४६ जना डिप्लोमा सिक्ने  भएका छन्। अहिले प्राविधिक शिक्षाको आवश्यकता भएको हुँदा सामुदायिक वनले प्रत्येक वर्ष निःशुल्क कम्प्युटर शिक्षा प्रदान गरिरहेको वनका अध्यक्ष निलकुमार श्रेष्ठले बताउनुभयो।
उहाँले भन्नुभयो  ‘हामीले विगत वर्षदेखि यो कार्यक्रम सञ्चालन गर्दै आएका छौ, आर्थिक रूपमा विपन्न भएका कारण कम्प्युटर शिक्षा लिनबाट वञ्चित युवाहरूलाई यसपालि पनि निःशुल्क तालिम सञ्चालन गरेका छौ। ’  

सहभागीले तालिममा बेसिक, हार्डवेयर, डाटाबेस, मल्टिमिडिया, ग्राफिक्स डिजाइनसङ,  ट्याली  विषयहरू रहेको सम्मेलनमा जानकारी दिइएको थियो । 

By एन टी एन ब्युरो

उस्तै खालका समाचार