कपिलवस्तु वैशाख २५ गते । कपिलवस्तुमा वन्यजन्तु मारेर बिक्री गर्ने एक समूहलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराले बाणगंगा नगरपालिका १ बाट वन्यजन्तु मार्न प्रयोग हुने बन्दुक, गोली र भाग लगाउँदै गरेको ३० किलो मासु सहित ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरी निरीक्षक गोपाल रायमाझीको कमान्ड खटिएको टोलीले सोही नगरपालिका वडा नम्बर १ जितपुर बस्ने वर्ष ५४ को धन बहादुर सेन, १ बुङ्ची बस्ने वर्ष ३२ को असीम खाँण, वडा नम्बर २ बस्ने वर्ष ४० को दुर्गा बहादुर शाही र रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका ११ मिलनचोक बस्ने वर्ष ५४ को चित्र मल्ललाई पक्राउ गरेको छ ।
उनीहरूले खाँणको घरमा मासु भाग लगाउँदै गरेको अवस्था पक्राउ गरिएको थियो । प्रहरीले बा १३ च ८१८४ नम्बरको कार, लु ५१ प ५२६१ नम्बरको मोटरसाइकल र १६ राउन्ड टोटा समेत प्रहरीले बरामद गरेको छ । धन बहादुर सेनको घर खानतलासी गर्दा बाह्र बोर एकनाले बन्दुक २ थान, दुईनालो बाह्र बोर राइफल १ थान, दुवै बन्दुकमा लाग्ने र अन्य गरी ४१ थान गोली, प्रयोग भएको गोलीको खोका ४ थान, ३ बरामद गरेको छ ।
फोटो क्याप्सन ः घटनामा सम्लग्नलाई सार्वजनिक गर्दै प्रहरी ।

