कपिलवस्तु। बुद्धभूमि उद्योग वाणिज्य संघ कपिलवस्तुको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट क्षेत्रगत न.१ बाट सदस्य पदमा बाबुराम घिमिरे (शेखर) सर्वसहमत चयन हुनुभएको छ।
युवा व्यावासाही एवम डायनामिक लिडर घिमिरे विभिन्न सामाजिक कार्यमा समेत् सक्रिय हुनुहुन्छ। बुद्धभूमि जेसिस २०२३ का अध्यक्ष समेत रहनुभएका घिमिरेले सामाजिक उत्तरदायित्व सहितका विभिन्न काम संगै बुद्धभूमि उद्योग बाणिज्य संघमा रहेर रचनात्मक कार्य गरेकाले उहाँलाई क्षेत्रगत न १ बाट सर्वसहमत सदस्य पदमा चयन गरिएको उद्योग बाणिज्य संघका सदस्यहरुको भनाई छ।
संस्थालाई चलायमान बनाउन युवा व्यवसाहिको महत्वपूर्ण भूमिका रहने भएकाले घिमिरेलाई सर्वसहमत चयन गरिएको बताइएको छ।

