निर्धन उत्थान बेलाटारी शाखाद्वारा डा.हरिहरदेव पन्त स्मृती छात्रवृत्ति बितरण

Advertisement

झबिन भण्डारी २०८१ जेठ २७,नवलपरासी निर्धन उत्थान लघुबित्त बित्तिय सस्था लिमिटेड शाखा कार्यालय बेलाटारी नवलपरासी ले आज छुट्टाछुट्टै कार्यक्रमका बिच बर्दघाट-१६ सिद्धनगर स्थिती सिद्धनगर महिला समुहकी सदस्य आइती श्री तामाङ्गको छोरा बिबेक कुमार तामाङ्ग लाइ छात्र तर्फ बाट र प्रतापपुर नगरपालिका वडा न ०९ खैरेनी महिला समुहको समूह सदस्य मिना देबि थरुनिको छोरी सुनिता कुमारी चौधरी लाई छात्रा तर्फको स्व.डा.हरिहरदेव पन्त स्मृति छात्रवृत्ति बितरण गरिएको छ। प्रतापपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष जय किसन चौधरी को प्रमुख अतिथयता , शाखा प्रबन्धक लक्ष्मण सापकोटाको विशिष्ट आतिथ्यता र समुहकी प्रमुखहरुको अध्यक्षयतामा कार्यक्रम सन्चालन भएको थियो। कार्यक्रम मा बोल्दै प्रमुख अतिथी चौधरीले सस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको कामको सर्हाना गर्दै बित्तिय सस्थामा आवद्ध रहेर ग्राहकले बित्तिय कारोबार अनुसासितरुपमा गर्नुपर्ने बताए,हाल विभिन्न समुहले कर्जा तिर्न पर्दैन भन्दै हल्ला गरेका छ्न त्यसको पछि नलाग्न, कर्जाको सदुपयोग गर्दै आर्थिक स्थिति माथी उठाउन र बित्तिय सस्थाबाट कर्जा लिइसकेपछि समयमा कर्जा नतिरे कालो सुचिमा पर्ने र त्यसले धेरै अप्ठ्यारो पर्न सक्ने हुदा बित्तिय कारोबार राम्रो सग गर्नु पर्ने बताए, आर्थिक स्थिती सगै सामाजिक , शैक्षिक तथा स्वास्थय स्थितीमा समेत निर्धन उत्थान लघुबित्तले सकारात्मक कार्य गरेको भन्दै आगामी दिनमा समेत ग्रामीण ठाउमा सस्थाले यसैगरी कार्यक्रम गरोस भन्दै शुभकामना ब्यत्त गरेका थिए।विशिष्ट अतिथी लक्ष्मण सापकोटाले सस्थाको बारे बोल्दै सस्थाले समाजमा खेलेको भुमिका माथी प्रकाश पारेका थिए, छात्रवृत्ति प्राप्तगर्ने बिधार्थिहरुको आमा आइती श्री तामाङ्ग र मिना कुमारी चौधरी ले सस्थाले आफ्नो सन्तानको पढाइमा जुन हौसाला प्रदान गर्यो यो अमुल्य रहेको बताइन। कार्यक्रममा करिब ५० जनाको सहभागीता रहेको थियो भने कार्यक्रमको सन्चालन सहायक लङ्क बुढाले गरेका थिए ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार