पारिजातलाई बुद्धभूमि नगरस्तरिय हाजिरीजवाफको उपाधि

Advertisement

नेपाल टिभि न्युज बुद्धभूमि
मायादेवी मिडिया ग्रुपको आयोजनामा सम्पन्न बुद्धभूमि नगरपालिका मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधी पारिजात पब्लिक स्कुलले जितेको छ । बुद्धभूमि नगरपालिकाको सभा हाल बुड्ढीमा सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा आदर्श इङ्ग्लिस बोर्डिङ्ग स्कुल द्धितीय तथा जनकल्याण मा वि तृतीय हुन सफल भएको प्रतियोगिताका संयोजक हरि अधिकारिले जानकारी दिनुभयो ।

प्रतियोगितामा बुद्धभूमि नगरपालिकाका १४ विद्यालयहरुले सक्रिय रुपमा सहभागीता जनाएका थिए । प्रतियोगितामा शिक्षा, स्वास्थ्य, ईतिहास, विज्ञान गणित तथा आई।क्यु।, भुगोल लगायत विविध बिषयहरु समावेश गरि विभिन्न चरणमा प्रश्न सोधिएको थियो ।

हाजिरीजवाफ प्रतियोगिताको सहजिकरण पत्रकार दिपक अनुरागीले गनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बुद्धभूमि नगरपालिका नगर प्रमुख केशव कुमार श्रेष्ठले यस्ता कार्यक्रमले विद्यार्थीहरुको क्षमता वृद्धि गर्ने बताउनुभयो । उहाँले पालिकाले प्रत्यक वर्ष विद्यार्थीको क्षमता अवीवृदद्दी गर्न पालिकाले विभिन्न शैक्षिक क्रियाकलाप गर्दै आएको बताउनु भयो।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार