अतिक्रमण शून्य बनाउँदै बुद्धभूमिको गौतमबुद्ध सामुदायिक वन

Advertisement


कपिलवस्तु जेठ ११ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ५ गौतम बुद्ध सामुदायिक वनले अतिक्रमण शून्य बनाउने जुटेको छ । सामुदायिक वन क्षेत्रमा भित्र रहेका घर गोठ, खेती गर्दै आएका क्षेत्रलाई नियन्त्रणमा लिने कामको सुरुवात भएको छ ।
३ घर र एउटा गोठ हटाउन सूचना सामुदायिक वनले सूचना टाँस गरेको छ । खेती गरेका क्षेत्रमा खाली गराई तार बार गर्ने र ट्रेन्च (नाली निर्माण) गरी वन क्षेत्र संरक्षणको काम भएको सामुदायिक वनका अध्यक्ष सूर्य मल्लले बताउनु भयो । सब डिभिजन वन कार्यालय बडहराको सहयोगमा वन क्षेत्र सिमाङ्कन गर्ने, अतिक्रमित जमिन छुट्टाएर वृक्षारोपणको लागी तयार गर्ने काम अगाडी बढेको छ ।
२४४.७१ हेक्टर क्षेत्रफलमा फैलिएको वनमा १० हेक्टर भू–भाग अतिक्रमित रहेको छ । यो वर्ष २.५ किलोमिटर ट्रेन्च निर्माण गर्ने र ५ हेक्टर वन क्षेत्रमा संरक्षण गरी वृक्षारोपण गरिने लक्ष्य रहेको छ । सेमरना, पण्डितपुर बस्ती नजिकका अतिक्रमित जमिनको सिमाङ्कन गरी यो वर्ष देखी खेती गर्न रोक लगाउने सामुदायिक वनले जनाएको छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार