कपिलवस्तु।
नेशनल लघुवित्तको कपिलवस्तुको पत्थरकोट शाखाले आफ्ना ग्राहक सदस्यहरुलाई बेमौसमी तरकारी खेतीको तालिम प्रदान गरेको छ । लघुवित्तले जेठ २७ गते देखि २८ गतेसम्म २ दिने तालिम संचालन गरेको हो ।
लघुवित्तका अनुसार तालिममा व्यवसाय उन्मुख ४० जना सदस्य तथा कृषिमा आवद्द गैर सदस्यहरुको सहभागी थियो । तालिम उद्धाटन गर्दै बुद्धभूमि नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तेज बहादुर बस्नेतले तालिम बाट सिकेका कुराहरुबाट कृषि उत्पादन वृद्धिमा टेवा पु¥याई आत्मनिर्भर र व्यवसायिकता तर्फ उन्मुख हुन सहभागी प्रशिक्षार्थिलाई हौसला प्रदान गरेका थिए ।
बुद्धभूमि नगरपालिका वडा नं १ को प्राविधिक सहयोगमा कार्यक्रम संचालन भएको हो। संस्थाले ग्राहक सदस्यहरुलाई वित्तीय सेवाहरुका साथसाथै ग्राहक सदस्यहरुको क्षमता अभिवृद्धि गराउन तथा ब्यवसायिक रुपमा ब्यवसाय सञ्चालन गर्न सघाउ पुर्याउन विभिन्न किसिमका सीप विकास तालिम सञ्चालन गरी रहेको नेशनल लघुवित्तका अनुगमन अधिकृत बिष्णु पन्थीले बताए।
तालिमको मूल्याकंन गर्दै सहभागीहरुले ब्यवसायिक रुपमा तरकारी उत्पादन गरेमा तरकारी खेतीबाट मनग्य फाईदा लिन सकिने रहेछ, ब्यवसायिक रुपमा तरकारी खेती गर्नमा यस तालिम फलदायि हुने सहभागीहरुले बताएका थिए । सहभागीहरुले तालिममा सिकेका ज्ञान, सीप ब्यवहारमा उतार्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
नेशनल लघुवित्तले कर्जा, बचत बाहेक लघुवीत्तमा महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पु¥याउने उद्धेश्यले क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको उल्लेख गरेको छ ।
लघुवित्तले उत्कृष्ट कृषकहरुलाई सम्मान समेत गरेको छ। दुई दिन सम्म चलेको हो। सिता सुवेदीको अध्यक्षतामा संचालन भएको तालिममा उमा जोसीको स्वागत मन्तव्य एवम विमल पोख्रेलको संचालनमा कार्यक्रम सम्पन्न भएको हो।

