बुद्धभूमि नगरपालिका- २ गोरुसिंगेमा हुने चौथो बुद्धभुमि महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक संस्था बुद्धभूमि उद्योग बाणिज्य संघले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो।
संघका अध्यक्ष शुभलाल भुसालले कृषि उपजका समानहरु विक्रि वितरण, पर्यटकिय स्थलहरुको प्रचार प्रसार, समाजिक क्रियाकलाप अहुने जानकारी न्र्तगत मेला अवधिभर आँखा शिविर, सरसफाई, बृक्षारोपण, रक्तदान लगायतका कार्यक्रम महोत्सवमा हुने बताए ।
मेलामा स्थानीय उत्पादनको विशेष प्रदर्शनका साथै विभिन्न सांस्कृतिक मनोरञ्जनका कार्यक्रम एवम् व्यापारिक गतिविधिहरू हुने बताउदै महोत्सव स्थलमा ५० लाखको कारोबार र १ सय ५० बढी स्टलहरु रहने उनले जानकारी दिए । महोत्सवले स्थानीय समुदायका हस्तकला, परम्परागत उत्पादन, र स्थानीय खानाको प्रवर्द्धनमा समेत योगदान दिने उनको विश्वास छ ।
महोत्सवको उद्घाटन पूर्वमन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले गर्ने आयोजकले जनाएको छ । महोत्सव अवधिभर १ लाख बढी दर्शक उतार्ने आयोजकको लक्ष्य छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरि, पत्रकार महासंघका कपिलबस्तु शाखाका अध्यक्ष किरणमान बज्राचार्य, नेपाल प्रेस युनियन कपिलबस्तु शाखाका अध्यक्ष खग प्रसाद चापागाई, प्रेस चौतारी नेपाल कपिलवस्तु शाखाका अध्यक्ष जानु पाण्डे ,प्रदेश सदस्य चिन्ता परियार लगायत विभिन्न सञ्चार गृहका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

