भोलि देखि चौथो बुद्धभूमि महोत्सव, पुर्व मंत्री आचार्यले उद्घाटन गर्ने

भोलि देखि चौथो बुद्धभूमि महोत्सव, पुर्व मंत्री आचार्यले उद्घाटन गर्ने

कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका- २ गोरुसिंगेमा हुने चौथो बुद्धभुमि महोत्सवको उद्घाटन प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले गर्ने भएका छन। ६ गते दिउसो १२:१५ बजे महोत्सवको उद्घाटन गरिने आयोजक संस्था बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ।


संघका अध्यक्ष शुभलाल भुसालले मेलाको तयारि ९० प्रतिशत सकिएको बताउदै मेलामा स्थानीय उत्पादनको विशेष प्रदर्शनका साथै विभिन्न सांस्कृतिक मनोरञ्जनका कार्यक्रम एवम् व्यापारिक गतिविधिहरू हुने बताए।

मेलामा ५० लाखको कारोबार र १ सय ५० बढी स्टलहरु रहने बताईएको छ । महोत्सवले स्थानीय समुदायका हस्तकला, परम्परागत उत्पादन, र स्थानीय खानाको प्रवर्द्धनमा समेत योगदान पु¥याउने आयोजकले जनाएको छ ।मेला यहि मंसिर ६ देखि १७ गते सम्म सञ्चालन हुदै छ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार

//omg10.com/4/6824010