कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

कपिलवस्तु, कात्तिक ११ गते । कपिलवस्तुको वाणगंगा नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

बुधबार बिहान करिब ८:५५ बजेतिर वाणगंगा नगरपालिका–३ तीनकुनेस्थित चार नम्बर–तौलिहवा सडकखण्डमा मोटरसाइकलको ठक्करबाट वाणगंगा नगरपालिका–४ गजेहडा निवासी करिब ६३ वर्षीया जलिया थारुको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले बताउनुभयो ।

चार नम्बरबाट तौलिहवातर्फ जाँदै गरेको लु १ व ३४१६ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहनुभएकी थारुलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट टाउकोमा गम्भीर चोट लागेपछि उहाँलाई उपचारका लागि ठाकुरापुरस्थित युनाइटेड अस्पताल लगिएको थियो ।

अस्पतालमा चिकित्सकले बिहान १०ः१० बजेतिर स्वास्थ्य परीक्षण गर्दा उहाँलाई मृत घोषणा गरेका थिए ।

प्रहरीले वाणगंगा नगरपालिका–१ निवासी ४५ वर्षीय मोटरसाइकल चालक शिवलाल घिमिरेलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार

//uplcm.com/4/6824010