सांगीतिक क्षेत्रमा आफ्नो भविष्य खोज्दै गरेकी कपिलवस्तुकि नव उदाउदि गाईका सुष्मा आचार्यको पहिलो तिज गीत ‘डालीको मैनाले’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा सन्ध्या श्रेष्ठको अभिनय रहेको छ ।
गीतको शब्द सङ्गीत श्री कृष्ण क्षेत्रीको गरेका छन् । नेपालि महिला दिदि बहिनिको महान पर्व हरितालिका तीजलाई लक्षित गरि नेपालि सांगीतिक बजारमा आएको डालीको मैनाले गीतले दर्शकहरुबाट राम्रै प्रतिक्रिया पाएको छ।
आम दर्शक तथा स्रोताको चाहना अनुरुपको गीत बनेकोले दर्शक श्रोताहरुले यो गीत मन पराउनेमा आफू आशावादी रहेको गायीका सुष्मा आचार्यले बताइन।

