कपिलवस्तु घटना : श्रीमती माइतबाट नफर्किएपछि आक्रोशित पतिले सालामाथि छुरा प्रहार

कपिलवस्तु घटना : श्रीमती माइतबाट नफर्किएपछि आक्रोशित पतिले सालामाथि छुरा प्रहार

कपिलवस्तु, भदौ १९ गते ।

माइती बसेकी श्रीमती घर नफर्किएपछि कपिलवस्तुमा एक व्यक्तिले आफ्नै सालामाथि छुरा प्रहार गरेका छन् ।

महाराजगञ्ज नगरपालिका–२ गैडहवामा शुक्रबार बिहान करिब ११ बजेतिर कपिलवस्तु नगरपालिका–७ धरमपनियाका ३७ वर्षीय प्रदीप कोरीले आफ्नै साला १८ वर्षीय अजय कोरीमाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताउनुभयो ।

अजय स्थानीय राजेश अग्रहरीको चिया पसलमा भाँडा धुने तथा सरसफाइको काम गर्दै आएका थिए । माइती बसेकी श्रीमतीलाई घर फर्काउन खोज्दा विवाद भएपछि प्रदीपले अजयमाथि छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

यो पनी हेर्नुस ।

https://nepaltvnews.com/?p=4201

छुरा प्रहार गरेपछि प्रदीप भाग्न खोजेका थिए । उनलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

घटनामा अजयको घाँटी र दाहिने हातमा चोट लागेको छ । उनको कपिलवस्तु अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

घटनामा प्रयोग भएको हतियार र घटनाको कारणबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताउनुभयो ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार

//omg10.com/4/6824010