तिलौराकोट गोल्डकपको प्रि म्याच कन्फ्रेन्स : उत्कृष्ट प्रदर्शन गरी नजिता ल्याउने दुवै टिमको दावी

शनिवार हुने फाइनल खेलको पूर्व सन्ध्यामा कपिलवस्तु जिल्ला फुटबल सङ्घले आयोजना गरेको ‘प्रि म्याच कन्फ्रेन्स’मा बोल्दै दुवै टिमका प्रशिक्षकले युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गर्नु भएको छ । शनिवार नेपाल पुलिस क्लब र हनामी विएफसी चितवन बिच फाइनल खेल हुदैछ ।
Advertisement



कपिलवस्तु चैत्र २३ गते ।
कपिलवस्तुमा जारी तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता दुवै टिमले जितको तयारी गरेको बताइएको छ । शनिवार हुने फाइनल खेलको पूर्व सन्ध्यामा कपिलवस्तु जिल्ला फुटबल सङ्घले आयोजना गरेको ‘प्रि म्याच कन्फ्रेन्स’मा बोल्दै दुवै टिमका प्रशिक्षकले युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गर्नु भएको छ । शनिवार नेपाल पुलिस क्लब र हनामी विएफसी चितवन बिच फाइनल खेल हुदैछ ।
कन्फेन्समा बोल्दै पुलिसका प्रशिक्षक चेतन घिमिरेले आफ्ना खेलाडीले ए डिभिजन लिगको योजना सहित खेल प्रदर्शन गर्ने बताउनु भयो । खेलाडीहरूले नियमित अभ्यास गर्नु भएको छ । कुनै खेलमा रिजल्ट नआए पनि उत्कृष्ट प्रदर्शन भएको छ । सेमिफाइनलमा प्रतियोगिताको उत्कृष्ट टिमलाई हराएका छौँ । त्यही अनुसार खेल्ने योजना रहेको प्रशिक्षक घिमिरेले बताउनु भयो । पुलिसका कप्तान सञ्जित श्रेष्ठले फाइनल खेल आक्रामक तरिकाले खेलेर जित निकाल्नेमा विश्वस्त रहेको बताउनु भयो ।


विएफसीका प्रशिक्षक धुव्र भुसालले आफ्ना खेलाडीको हैसाला बढेको बताउनु भयो । नकआउट चरणमा मच्छिन्द्र जस्तो बलियो टिमलाई हराउँदै सेमिफाइनलमा समेत राम्रो प्रदर्शन गरेको बताउनु भयो । फाइनल खेलमा सेमिफाइनलको सेट खेलाउने बताइएको छ । विएफसीका कप्तान अमृत श्रेष्ठले टिममा नियमित खेल्ने खेलाडी रहेको हुँदा नजिता ल्याउने गरी खेल्ने बताउनु भयो ।
प्रतियोगिताका म्याच कमिस्नर दयाराम सापकोटाले मुख्य खेलाडी विदेश पलायन भएर पनि युवा टिमले नेपालको फुटबल धानेको बताउनु भयो । दुवै टिमका युवा खेलाडी पछि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा गर्न सक्ने भएको बताउनु भयो । गौतम बुद्धको गृह नगरी प्राचीन तिलौराकोटमा कन्फेन्सको आयोजना गर्दै फुटबल सङ्घ जिल्ला अध्यक्ष तिलक थापाले ट्रफी सार्वजनिक गरिएको थियो ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार