नागपञ्चमी कै दिन सर्पको उद्दार एवम सर्पदंशबाट गम्भीर विरामीको सफल उपचार

Advertisement

नेपाल टिभि न्युज बुद्धभूमि । आज श्रावण शुक्ल पक्षको पञ्चमी तिथि अर्थात नागपञ्चमी। यस दिनमा नागको पूजा गर्ने गरिन्छ। यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना पनि गरिन्छ । नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ ।


कपिलवस्तु सर्प दंश उपचार केन्द्र गोरुसिङ्गे द्वारा बुद्धभूमि नगरपालिका ४ मोर्मा गाउँबाट गोवान सर्पको उदार गरि वस्ती भन्दा करिब ३ किमि टाढा जंगलमा छाडिएको सर्प दंश उपचार केन्द्रका व्यवस्थापक नविन भण्डारीले बताउनुभयो। भण्डारीले नागपञ्चमी परेकाले उद्दार गरिएको गोवान सर्पलाई पुजा गरिएको बताउनुभयो। उहाँले नागपञ्चमीको दिन परेकाले यसो गरिएको बताउनुभयो। सर्पको टोकाईका कारण गम्भीरमा रहेकी कृष्णनगर नगरपालिका वडा ५ कि सुनिता यादवको सफल उपचार गरिएको बताउनुभयो।


सर्प दंश उपचार केन्द्र गोरुसिंगेमा कार्यरत कर्मचारीलाई आज एक कार्यक्रमका विच पुरस्कृत गरिएको छ। रात दिन नभनी सर्प दंशका विरामीको सेवामा खटिएका प्राविधिकलाई समान गरिएको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बताउनुभयो। श्री शम्सेर दल गण गोरुसिङ्गेको प्राविधिक सहयोग र बुद्धभूमि नगरपालिका लगायत अन्य छिमेकी पालिकाको सहयोगमा सर्प दंश उपचार केन्द्र संचालनमा रहेको छ।
कपिलवस्तु सर्प दंश उपचार केन्द्रमा कपिलवस्तु सहित छिमेकी जिल्ला दाङ्ग, गुल्मी, प्युठान, अर्घाखाची, रुपन्देही र भारतबाट समेत उपचार गर्न आउने गर्दछन।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार