कपिलवस्तु, भदौ १९ गते । कपिलवस्तुको शिवराज नगरपालिका–२ बालापुर मिलनचोकमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ । शुक्रवार बिहान करिब ९ः१५ बजे हल्लानगरबाट २ नम्बर टोलतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ह १३७८ नम्बरको विद्युतीय अटोले बाटो पार गर्दै गरेका स्थानीय तिर्सना सेन ठकुरीका तीन वर्षीय छोरा शिवम सेन ठकुरीलाई ठक्कर दिएको थियो ।
अटोको ठक्करबाट टाउको तथा अनुहारमा चोट लागेका बालकलाई तत्काल सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल रिफर गरिएको थियो । उपचारका लागि बुटवल पु¥याइएको बालकलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले बताउनु भयो । दुर्घटनापछि अटो र चालक शिवराज नगरपालिका–२ बस्ने ३४ वर्षीय रुपा विकलाई वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलवस्तुले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
