कमसल निर्माणको पर्दाफासः महाराजगन्ज अस्पतालको पर्खाल भत्कियो

Advertisement

कपिलवस्तु साउन १८ गते
कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा निर्माण हुदै गरेको आधारभूत अस्पताल भवनको पर्खाल ढलेको छ । केही साता अघि परेको अविरल वर्षाले अस्पतालको मुख्य गेटदेखि पश्चिमतर्फ निर्माण सम्पन्न भएको करिव १५० मिटर पर्खाल पूर्णरूपले क्षतीग्रस्त भएको छ । भत्किएको पर्खाल खेतमा जम्मा भएको पानि डुवेर टुक्रा टुक्रामा परिणत भएको छ । जसले गर्दा स्थानीय बासिन्दाहरूले अस्पताल निर्माणको काम कमसल भएको आशंका गरेका छन् ।


स्थानीयहरू यो घटनाको लागि कमजोर संरचना र निर्माणको क्रममा भएको लापरवाहीलाई दोष दिन्छन । “कमसल निर्माणका कारण सामान्य वर्षामा पनि पर्खाल भत्कियो, पालिकाको लापरवाहीले यस्तो हुन सक्छ । अस्पतालको सुरक्षामा ठुलो खतरा उत्पन्न छ । तत्कालै जिम्मेवार निकायहरूलाई कारबाही गर्न माग गरेका छन् ।
“केही समय अगाडि मात्र निर्माण सम्पन्न भएको पर्खाल यसरी भत्किनु गम्भीर लापरवाही हो । यो घटनाले निर्माणको गुणस्तर र अनुगमन प्रक्रियाको गम्भीर सवालको जवाफ महाराजगन्ज नगरपालिकाले दिनु पर्ने देखिन्छ । भविश्यमा यस्ता घटनाहरू नदोहोरियोस् भन्ने हेतुले स्थानीयहरूले समय समयमा प्रभावकारी अनुगमन र गुणस्तरीय निर्माण भएको सुुनिश्चीत हुनु पर्ने आधारमा समेत खोज्न जरुरी देखिएको छ ।
अब यस क्षेत्रका जनताले आफ्ना प्रश्नको उत्तर पाउनका लागि कडा कदम चाल्नु पर्ने देख्न्छि । यो घटनाले पालिकाको जिम्मेवारीप्रतिको उदासीनतालाई उजागर गरेको छ । अब समय आएको छ, निर्माणको चरणमा अनुगमन र पारदर्शितालाई पनी प्राथमिकता दिइनुपर्छ ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार