पछिल्लो समय कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा शैक्षिक गुणस्तरमा सुधार हुदै गएको छ। निजि क्षेत्रले यहाँ शिक्षा क्षेत्रमापनि निकै लगानी बढाइरहेका छन् । निजि क्षेत्रको लगानी र अतिरिक्त क्रियाकलाप संगै विद्यार्थीको चाहना अनुरुप पठन पाठन हुन थालेको छ। छोटो समयमा जिल्लामै आफ्नो स्थान बनाउन सफल भएको बुद्धभूमि नगरपालिका २ गोरुसिंगेमा अवस्थित पारिजात पब्लिक स्कुलका प्रिन्सीपल राजेन्द्र पिसी सँग पारिजातले दिने शिक्षा र बर्तमान शैक्षिक अवस्थाका बारेमा नेपाल टिभि न्युजले गरेको कुराकानी
पारिजात पब्लिक स्कुलको पृस्टभुमी र तपाइले लिएपछि अहिलेसम्मको अवस्थाबाट कुरा शुरु गरौँ
रेसीडेन्सल इंगलिस बोर्डिङ्ग स्कुलका नामले २०५५ मा विद्यालय स्थापना भएको हो। स्थापनाकालमा केही साथीहरुले सञ्चालन गरिराख्नुभाथ्यो। २०७८ सालमा हामीले लिएर पारिजात पब्लिक स्कुल नाम बनाएर सञ्चालन गरिरहेका छौँ । शुरुमा कक्षा १० सम्म करिब ६०० जना बिद्यार्थी हुनुहुन्थ्यो अहिले १३०० बढी बिद्यार्थीहरु छन् । अहिले बिद्यालयले कक्षा १२ सम्म सञ्चालन गरेको छ । बुद्धभूमि संगै जिल्लामै फरक छाप बनाउन स्कुल सफल भएको छ ।
स्कुल सञ्चालन पुर्वनै शिक्षा क्षेत्रमा हुनुहुन्थ्यो या पछि नै ?
मेरो पृस्टभुमी शिक्षा नै हो । पहिलापनि म शिक्षण पेषामै आबद्ध थिए । म हुर्केको घरमापनि बढि जसो शिक्षा क्षेत्रमै आबद्ध हुनुहुन्थ्यो मेरा लागी पेषा नौलो थिएन ।
६०० विध्यार्थिबाट १३०० बिद्यार्थी पु¥याउँदासम्मको मेहेनत कति गर्नुप¥यो ?
मेहेनत त निकै गरियो लगानी एकदमै बढेको छ । २०७८ सालमा बिद्यालयहरु धेरै थिएनन् यहाँका अबिभावकहरुले गुणस्तरिया शिक्षा दिने बिद्यालयहरु खोजिराख्नुभाथ्यो । त्यो बेला हामीले सञ्चालन गरेको बिद्यालयका लागी लगानी, मेहेनेत अनी शिक्षक लगायत सबैले मेहेनत निकै गर्नुप¥यो । अहिले निकै प्रतिस्ठित बिद्यालय बनेको छ । यति राम्रो बिद्यालय कसरी भयो भन्ने कौतुहलता सबैलाई लाग्ला तर यो सफल हुनुमा म लगायत मेरो सम्पुर्ण टिमको मेहेनत, समय र लगानी हो ।
अहिले अबिभावकको रुचीपनि फेरिएको छ बिद्यालयले पनि आवश्यक्ता अनुसार आफुलाई अपग्रेड गर्दै गइरहेको छ । आज भन्दा ५ बर्ष अगाडी र अहिले धेरै फरक छ । हामीले समय अनुसार आफ्ना शैक्षिक गतिबिधि अगाडी बढाउने हो भने सफलता पाइन्छ । अबिभावकलाई हामीले सकेसम्म शन्तुस्टी दिइरहेका छौँ उहाँहरुका सुझावलाई ग्रहण गर्दै हामीले अबिभावकको चाहाना अनुसारनै शिक्षा दिइरहेका छौँ ।
हामीकहाँ पढाई कस्तो हुन्छ कुन किसिमबाट अध्यापन गराइन्छ ?
बिद्यालयले शिक्षा संगसंगै अन्य गतिबिधिपनि सञ्चालन गर्छौँ । हरेक कक्षाहरु प्रबिधिमैत्री छ, कम्प्युटर ल्याब एउटा बच्चालाई एउटा कम्प्युटर पुग्नेगरी ल्याएका छौँ । पुस्तकालय, हरेक कक्षामा मल्टीमिडिया प्रोजेक्टर छ हामीले आधुनिक किसिमको शिक्षामा आवश्यक पर्ने सबै इक्युमेन्ट प्रयोग गर्दै छौ । जनशक्तीपनि राम्रै छ बर्षौँ देखीको अनुभव शिक्षकहरु छन् ।
अहिलेत +२ पनि सञ्चालन गर्नुभाछ के के बिषय छन् ?
+२ संचालन गर्दा पहिलो वर्षमै अत्यधिक विद्यार्थी भर्ना गर्ने बुद्धभूमि मै पहिलो निजि विद्यालय हाम्रो हो। यहाँका विध्यार्थिहरु अन्यन्त्र जानुपर्ने बाध्यतालाई अन्त्य गरेका छौ। +२ नभएका भने होइन् सामुदायिक तथा संस्थागत विध्यलाय्हरुले संचालन गरेका छन। निजि विद्यालय रोज्ने विध्यार्थिकालागि अब टाढा जानुपर्ने बाध्यतालाई अन्त्य गर्दै अहिले हामीसंग म्यानेजमेन्ट र एजुकेसन संचालन गरेका छौ अब छिटै विज्ञान विषय संचालन गर्ने तयारि गर्दै छौ।
पछिल्लो नतिजा कस्तो छ ?
नतिजा त एकदमै राम्रो छ तर अहिले अबिभावकको सोचमा परिवर्तन आएको छ । पहिला अबिभावकहरुले एस एल सीमा प्रथम श्रेणी, डिस्टिकसन खोज्नुहुन्थ्यो । तर अहिले उहाँहरु डिस्टिकसन, फस्टबिजन भन्दापनि शिक्षासंगै आउट नौलेज केके पायो भनेर हेर्नुहुन्छ । अहिले त्यसको महत्वपनि घटेको छ ग्रेडिङ सिस्टमले तरपनि चासो त हुन्छ ।
तपाई लामो समयदेखी शिक्षा क्षेत्रमा आबद्ध हुनुहुन्छ खास शिक्षामा कस्तो परिवर्तन आवश्यक छ ?
आजभन्दा १० बर्षअघीको शिक्षा र अहिलेको शिक्षालाई तुलना गर्न मिल्दैन पहिला र अहिलेको शिक्षाको धरातलनै परिवर्तन भएको छ । बिद्यार्थीहरुलाई शिक्षक भन्दापनि सुबिधा चाहिएको छ । बिद्यार्थीहरुमा भएको नौलेजलाई प्रयोगात्मक ढंगले प्रस्फुटन गर्न पाउँन । एकदमै परिवर्तन आएको छ । अबिभावक, बिद्यार्थी दुवैमा परिवर्तन आएको छ । बिद्यार्थीहरु शिक्षकभन्दापनि अगाडी छ पढाइमा त्यस कारण पढाई मात्रै नभएर सबै ज्ञानका लागी त्यही किसिमको बिद्यालय र शिक्षक आवश्यक हुन्छन् ।
पुरानै किसिमको शिक्षा भएर शैच्छिक बेरोजगार बढिरहेका छन् अब समय सुहाउँदो शिक्षा दिएर स्वरोजगार बनाउने तर्फ केन्द्रित हुनका लागी के आवश्यक देख्नु हुन्छ ?
पाठ्यक्रमत परिवर्तन हुँदैछ । तर अबको शिक्षा नैतिकतामा केन्द्रित भएर शिक्षा दिन आवश्यक देखेको छु । अहिलेका बच्चाहरु आफ्नो धरातलनै बिर्षिरहेका छन् । सोच आधुनिक भएन हाम्रो देखावटी आधुनिक भयो । शिक्षाले बच्चाहरुमा जुन परिवर्तन ल्याउनुपर्ने हो त्यो ल्याएन यसका लागी सरकार संगै हामी जिम्मेवार ब्यक्तीहरुले गम्भिर बन्नुपर्ने छ । आफ्नो संस्कृती बिर्षनुत भएन नी । अग्रेंजी मात्र भनेर आफ्नो धरातल, संस्कृती, नैतिकता त बिर्षनु भएन नी त्यस कारण यस्तो पाठ्यक्रमपनि आउनुपर्छ ।
सबैमा अग्रेंजी मोह मात्रै छ पारिजातमा कुन वातावरणमा पढाइन्छ ?
हामीले चाहीँ दुवै भाषालाई मिलाएर पढाउँछौँ । अग्रेंजी अन्तराष्टिय भाषा हो हामीले त्यसमा जोड दिनै पर्छ । त्यो संगै हाम्रो धरातल, हाम्रो संस्कृती, हाम्रो भाषा के हो त्यो बिषयलाइपनि छोड्नु त भएन नी । यी कुराहरु बच्चाहरुलेपनि बुझ्नुपर्छ त्यस कारण बच्चाहरुलाई नेपाली भाषामापनि सहभागी गराइरहेका छौँ । बिभिन्न अतिरिक्त क्रियाकलापमा बच्चाहरुलाई सहभागि गराउँछौँ ।

