कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नं २ द्वारा आयोजित वडा स्तरीय हाजिरी जवाफ प्रतियोगितामा पारिजात पब्लिक स्कुल प्रथम भएको छ । आधारभूत तह (३-५) मा वडाका ८ वटा विद्यालय र आधारभूत तह (६-८) मा ५ विद्यालय सहभागी भएको उक्त प्रतियोगितामा दुवै (३-५) र (६-८) मा पारिजात पब्लिक स्कुलले जीत हात पारेको हो ।
त्यस्तै (६-८) तर्फ शान्तिदिप बो. स्कुल र (३-५) तर्फ सोसियल बोडिङ्ग स्कुलले दोश्रो स्थान हासिल गरेको छ भने तेश्रो स्थानमा (६-८) तर्फ सोसियल बोडिङ्ग स्कुल र (३-५) तर्फ शान्तिदिप बो. स्कुल रहेका छन ।
प्रतियोगितामा विजेता सवै समूहलाई प्रमाण पत्र, शिल्ड र मेडल प्रदान गरिएको थियो । प्रतियोगिताले विद्यार्थीलाई ज्ञानको चेतना बढाउदै विद्यालयलाई उत्साहित बनाएको बुद्धभूमि नगरपालिका वडा न. २ का वडा अध्यक्ष सुरज प्रताप राणाले बताउनुभयो ।
गौतम बुद्द माद्यामिक विद्यालयका प्रिन्सिपल शिशिर प्रसाद अर्यालले प्रतियोगिता संचालन गरेर विद्यार्थीको वौद्धिक विकासमा टेवा पु¥याएकोमा बुद्धभूमि नगरपालिका र पालिका न्युज नेटवर्क प्रा लिलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
प्रतियोगिता गौतम बुद्द माध्यमिक विद्यालयको सभाहलमा जनरल राउण्ड, अप्सन राउण्ड, फोटो राउण्ड र अडियो राउण्डमा संचालन भएको थियो ।

