पारिजातद्वारा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

Advertisement

नेपाल टिभि न्युज बुद्धभूमि।

पारिजात पब्लिक स्कुलले कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षा २०८१ द्धभूमि नगरपालिकामा प्रथम, कपिलवस्तु जिल्लामा तेस्रो, र छात्रातर्फ जिल्लामै प्रथम भएको अवसरमा विद्यालयले बधाई, शुभकामना कार्यक्रम गर्दै विद्यार्थी सँगै शिक्षकहरुलाई समेत सम्मान गरेको हो । विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षकहरूलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विश्व खनालको अध्यक्षता भएको सम्मान कार्यक्रममा बुद्धभूमि नगरपालिकाका वडा २ का वडा सदस्य जीवलाल घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।

विद्यालयकी मेधावी छात्रा शान्ता बेल्बासेले ३.७८ GPA ल्याउँदै बुद्धभूमि नगरपालिकामा प्रथम, कपिलवस्तु जिल्लामा तेस्रो, र छात्रातर्फ जिल्लामै प्रथम स्थान हासिल गरेकी छिन्। यस्तै ३.६–४.० GPA: ३ जना, ३.२–३.६ GPA: २० जना, २.८–३.२ GPA: १८ जना, २.४–२.८ GPA: १३ जना, १.६–२.० GPA: १ जनाले प्राप्त गरेका छन।

कक्षा १२ उत्तीर्ण गरेकी विद्यार्थी सृस्ती खत्रीले पारिजातमा दुई वर्ष पढ्दाको क्षण जीवनभरका लागि स्मरणीय हुने बताइन्। आफू पहिलो दिन पारिजात आए देखि कक्षा कोठामा अध्ययन गर्दाका अनुभव सम्म बाँडेकी उनले नयाँ शैक्षिक यात्रा तर्फ आफूहरू अगाडी बढिरहेको भन्दै सबै जना उक्त यात्रामा सफल हुने विश्वास व्यक्त गरिन्। उनले पारिजातले आफूहरूलाई उत्कृष्ट नतिजा ल्याउन सक्षम बनाएको भन्दै धन्यवाद दिइन्।

शिक्षकहरूको प्रतिनिधित्व गर्दै मन्तव्य दिएका ठाकुर प्रसाद भुसालले कक्षा १२ को कठिन यात्रा पार गरेकोमा विद्यार्थीहरूलाई बधाई दिए। कार्यक्रममा विद्यार्थीहरूलाई बिदाइका लागि नभई नयाँ यात्रा आरम्भको उत्सव मनाउन आमन्त्रण गरिएको उनको भनाई थियो। कक्षा १२ पछिको शिक्षामा चुनौती र अवसर दुवै हुने भन्दै उनले चुनौतीका पहाड पार गर्न सक्ने गरी आफैँले जिन्दगीको राजमार्ग कोर्न सुझाव दिए। उनले सबै विद्यार्थीलाई अघिल्लो शैक्षिक यात्रा सफलताको शुभकामना दिए ।

सम्मान कार्यक्रममा बोल्दै बुद्धभूमि नगरपालिकाका वडा २ का वडा सदस्य जीवलाल घिमिरेले पारिजातले सदैव उत्कृष्ट नतिजा ल्याउँदै आएको बताउँदै उत्कृष्ट नतिजाका लागि मेहनत गर्ने शिक्षक विद्यार्थी दुवै बधाईको पात्र भएको बताए। पछिल्लो समय शिक्षाका नाममा बिदेसिने प्रवृत्ति बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले नेपालमै शिक्षा लिएर योग्यता अनुसारको काम गर्न सकिने र सहज जीवनयापन गर्न सकिने उल्लेख गर्दै सकेसम्म नेपालमै उच्च शिक्षा हासिल गर्न विद्यार्थीलाई अनुरोध समेत गरे ।

प्राचार्य राजेन्द्र पिसिले एउटा तहको अन्त्य सँगै अर्को बाटो सुरु हुने जीवनको सुन्दर पक्ष भएको उल्लेख गरे। यो पटक प्राप्त उत्कृष्ट नतिजाका लागि बधाई तथा आगामी दिनका लागि सफलताको शुभकामना दिएका उनले विद्यार्थीले अब छान्ने विषय र गर्ने मेहनतले उनीहरूको आगामी भविष्य निर्धारण गर्ने बताए। आफूले दुई वर्ष अगाडी यो ब्याचलाई स्वागत गर्दै गर्दा जीवनकै उत्कृष्ट दुई वर्ष हुन्छ भनेको स्मरण गर्दै उनले विद्यार्थीले पनि त्यही अनुभव गरेको विश्वास व्यक्त गरे। विद्यार्थीको अबको भविष्य उनीहरूको मात्रै नभई परिवार, पारिजात र राष्ट्रकै भविष्य हुने भन्दै पारिजात परिवार विद्यार्थीको सफलता र उपलब्धिको कथा सुन्न सदा आतुर रहने भनाई राखे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्व खनालले विद्यार्थी अभिभावकको हितमा आफूहरू सधैँ केन्द्रित भएको, गुणस्तर, परिवर्तन र रूपान्तरणका लागि काम गर्ने गरेको, सबैको भविष्य आफूहरूको भन्दा उज्ज्वल बनाउन लागिपरेको उल्लेख गरे। उनले यस्तै कारणहरूले पारिजात अरूभन्दा पृथक् भएको बताए। मध्यम स्तरको शुल्क तिरेर गुणस्तरको शिक्षा दिने काम गर्दै आएको बताए।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार