कपिलवस्तु महाराजगन्ज–२ का वडाध्यक्ष घुस सहित अख्तियारको फन्दामा

Advertisement


कपिलवस्तु चैत्र १८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले कपिलवस्तुमा एक जना वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ। कपिलवस्तु महाराजगन्ज नगरपालिका वार्ड २ का वडाध्यक्ष उजेर अलि मुसलमानलाई घर सडक नक्सा पास गर्ने नाममा घुस लिएको आरोपमा कार्यालयबाट नै नियन्त्रणमा लिएको हो । मुसलमान नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन ।
सूचना अधिकारी एवं उपसचिव ईश्वरी प्रसाद आचार्यले १५ हजार नगदसहित मुसलमानलाई नियन्त्रयामा लिइएको बताए ।

By एन टी एन ब्युरो

उस्तै खालका समाचार